एजेन्सी । इथियोपियामा भारी वर्षापछिको पहिरोले ठूलो मात्रा जनधनको क्षति गरेको छ । गोफाको पहाडी क्षेत्रमा भारी वर्षापछि आइतबार साँझ र सोमबार बिहान गएको पहिरोमा परी २२९ जनाको मृत्यु भएको छ।
गोफा क्षेत्रका प्रशासक डग्मावी आयलेले मृतकमा वयस्क र बालबालिका दुवै रहेको बताउनु भएकाे छ । बाँचेका १० जनाको अस्पतालमा उपचार भइरहेको छ। बीबीसीका अनुसार दक्षिणी इथियोपियामा गएका दुईवटा पहिरोमा परी मृत्यु भएकामध्ये अहिलेसम्म २२९ जनाको शव उद्धार टोलीले निकालेको स्थानीय अधिकारीले बताएका छन्।
आइतबार भारी वर्षाका कारण पहिरो गएको डग्मावीले बताउनु भयाे । सोमबार प्रहरी अधिकारी र आसपासका मानिसहरू खोजी तथा उद्धारमा जुटेका बेला दोस्रोपटक पहिरो खसेपछि उहाँहरू पुरिनुभएकाे थियाे ।
फुटेजमा सयौँ मानिस घटनास्थलमा जम्मा भई तल फसेका मानिसको खोजीमा माटो खनिरहेको देखिन्छ। स्थानीय प्रशासनले बाँचेकाहरूको खोजी तीव्र गतिमा भइरहेको तर मृतकको संख्या अझै बढ्न सक्ने बताएको छ।








देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता