
काठमाडौं । एसिसी महिला एसिया कप २०२४ अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा नेपाल पाकिस्तानविरुद्ध ९ विकेटले पराजित भएको छ । नेपालले दिएको १०९ रनको लक्ष्य पाकिस्तानले मात्रै एक विकेट गुमाएर पूरा गर्यो ।
नेपालले दिएको १०९ रनको लक्ष्य पाकिस्तानले ११.५ ओभरमा पूरा गर्यो । पाकिस्तानका लागि ओपनर गुल फेरोजाले ३५ बलमा १० चौकासहित सर्वाधिक ५७ रन बनाउनुभयो । यस्तै अर्की ओपनर मुनिबा अली ३४ बलमा ८ चौकासहित ४६ रनमा अविजित रहनुभयो । दुईजना मिलेर १०५ रनको साझेदारी गरेका थिए । नेपालका लागि एकमात्र विकेट कविता जोशीले लिनुभयो ।
त्यसअघि दाम्बुलामा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १०८ रन बनाएको थियो । नेपालका लागि कविता जोशीले २३ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३१ रन बनाउनुभयो । पूजा महतोले ३२ बलमा २५ रन बनाउनुभयो । ओपनर सीता रानामगरले ३० बलमा २६ रन जोड्नुभयो । नेपालका तीन ब्याटर रन आउट भए । अनुभवी खेलाडीद्वय सीता रानामगर र रुबिना क्षेत्री रनआउटकै शिकार बन्नुभयो ।
युएईविरुद्धको पछिल्लो खेलमा सानदार प्रदर्शन गर्नुभएकी ओपनर सम्झना खड्का भने पहिलो ओभरमै आउट हुनुभयो । कविता कुँवरले १३ बलमा १३ रन बनाउनुभयो । कप्तान इन्दु बर्मा शून्यमै आउट हुनुभयो । पाकिस्तानका लागि सादिया इकवालले २ विकेट लिँदा फतिमा सनाले १ विकेट लिनुभयो ।
हारसँगै नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना कठिन भएको छ । पहिलो खेलमा जित हासिल गरेको नेपालले पाकिस्तानलाई हराएको भए सेमिफाइनलमा स्थान पक्का हुने थियो । तर, हार बेहोरेपछि नेपालको सम्भावना न्यून भएको छ । एक-एक खेल बाँकी रहँदा नेपाल र पाकिस्तानको समान दुई-दुई अंक छ । पाकिस्तानले नेपाललाई नेट रननेटमा उछिनेर दोस्रो स्थानमा पुगेको छ । समान अंक जोडे पनि नेपाल तेस्रो स्थानमा झरेको छ ।
भारतले दुई खेल जितिसकेको छ । युएईले दुई खेलमा हार बेहोरेको छ । समूह चरणको अन्तिम खेलमा पाकिस्तानले युएई र नेपालले भारतको सामना गर्नेछ । नेपालले मंगलबार साबिक विजेता भारतसँग समूह चरणको अन्तिम खेल खेल्नेछ । सोही दिन पाकिस्तानले युएईसँग खेल्नेछ । सो दुई खेलको नतिजाले समूहमा दोस्रो हुँदै सेमिफाइनलमा पुग्ने टोलीको निर्धारण गर्नेछ । सो दुई खेलको नतिजाले समूहमा दोस्रो हुँदै सेमिफाइनलमा पुग्ने टोलीको निर्धारण गर्नेछ । भारतको भने अन्तिम चारमा प्रवेश गर्ने सम्भावना उच्च छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच