
झापा । डि कौडिण्य स्मृति पत्रकारिता पुरस्कार झापाली पत्रकारद्वय झुलन रेग्मी र डिकेश लामालाई संयुक्त रुपमा प्रदान गरिएको छ ।
सोमबार बिर्तामोडमा प्रेस सेन्टर झापाद्वारा आयोजित कार्यक्रम ४२ हजार राशिको सो पुरस्कर रेग्मी र लामालाई प्रदान गरिएको हो । डेढ दशक अघिदेखि पत्रकारितामा क्रियाशील रेग्मी मेची खबर साप्ताहिकका सम्पादक र लामा नेपाल टेलिभिजनका झापा संवाददाता हुनुहुन्छ ।
कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्वोले पत्रकारद्वयलाई समान २१ हजार नगद, सम्मानपत्र, दोसल्ला र मालासहित सो पुरस्कर हस्तान्तरण गर्नु भएको हो । आङ्वोले कौडिण्यलाई बौद्धिक, समाज सुधारक र बहुआयामिक व्यक्तित्वका रूपमा स्मरण गर्नुभयो ।
युद्धकालीन पत्रकार डि कौडिण्यको नाममा प्रेस सेन्टरले सो पुरस्कार स्थापना गरेको हो । सुरुवाती चरणमा सो पुरस्करको राशि पाँच हजार थियो । लामो समयसम्म जनआस्था लगायत विभिन्न लेख पत्रिकामा नेपाली तथा लेख तथा रचना प्रकाशन गरेर कौडिण्यले समाज रुपान्तरणमा योगदान पुर्याउनु भएको थियोे ।
विक्रमसम्वत् २०२९ मा ताप्लेजुङमा जन्मनु भएको कौडिण्यलाई तत्कालीन शाही सेनाले झापाको खुदुनाबारीबाट पक्राउ गरी निर्मम यातना दिएर २०५९ साल साउन ७ गते चारआली ब्यारेकमा हत्या गरेको थियो । माओवादीको आरोपमा पक्राउ पर्दा कौडिण्य काँकडभिट्टा क्याम्पसमा प्रध्यापन गराउनु हुन्थ्यो । अंग्रेजीमा डिग्री गर्नु भएको उहाँ लामो समयदेखि शिक्षण पेसामा आबद्ध हुनुहुन्थ्यो ।
कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष विवेक गौतम, सचिव विमल लामिछाने, कौडिण्य पत्नी यमुना आचार्य, छोरी तृप्ती आचार्य, सेन्टरका झापा अध्यक्ष राजु पाठक, उपाध्यक्ष होमप्रकाश अधिकारी, सचिव पुष्प खड्का, पूर्वपुरस्कृत पत्रकार लीला बराल लगायतले कौडिण्यले समाज परिवर्तनमा पुर्याएको योगदानको चर्चा गर्नुभएको थियो । उहाँहरूले राज्य पक्षले कौडिण्यको परिवारको भावना माथि कुठाराघात गरेको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच