आम नागरिकको चाहनाअनुसार संविधान संशोधन हुन्छ : उपप्रधानमन्त्री सिंह

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडाैं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले आम नागरिकको चाहनाअनुसार संविधान संशोधन हुने बताउनुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित वर्तमान संविधान र समाजवादउन्मुख लोकतन्त्र विषयक विचार गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधानको विशेषता नै संविधानमा उल्लेखित दफाहरु विधि, प्रक्रिया पूरा गरेर परिवर्तन गर्न सकिने बताउनु भयो । उहाँले समयको माग, जनताको चाहनाअनुसार संविधान परिवर्तन हुने बताउनु भयो ।

उहाँले संघीयताको मर्म र भवनाअनुसार कानूहरु बनाउन नसक्दा अहिलेको परिस्थिति सिर्जना भएको बताउनु भयो । उहाँले जनताको चाहना पूरा गर्नका लाग काँग्रेस र एमाले मिलेर सरकार बनाएको बताउनु भयो । उहाँले युवाहरु रोजगारीको खोजिमा विदेशिनुपर्ने बाध्यतको अन्त्य, अर्थतन्त्र चलायमान बनाउन, विकास निर्माणका गतिविधि अघि बढाउनका लागि सरकारले काम गर्ने बताउनु भयो ।

ADVERTISEMENT

उहाँले भन्नुभयो, ‘खासगरी हामीले प्रथम संविधान सभा भन्नुस्, दोस्रो संविधान सभा यो खासगरी काँग्रेसकै नेतृत्वमा अहिलेको नयाँ संविधान जारी गरेका हौँ । तर संविधान जारी गर्दाखेरी यो संविधानको विशेषता के हो भन्दा एउटा प्रोसेस पूरा गरेर कुनै त्यो संविधानमा उल्लेखित जुन दफाहरु छन्, ति दफाहरु परिवर्तन गर्नको लागि विधि, प्रक्रिया पूरा गरेर त्यसलाई समयको माग, जनताले चाहेअनुसार हुन्छ । सार्वभौम सत्ता जनतामा निहित हुनेकुरा र राष्ट्रियताको बारेमा बाहेक अरु सबैमा संशोधन गर्नसक्ने प्रावधान भएकाले यो समयको माग बमोजिम हामीले संविधान जारी गरिसकेपछि पनि आम निर्वाचन भएका छन् । तर अभ्यासमा संघीयताको मर्म र भवनाअनुसार संघीय संसद बनाउन पनि संविधान, कानूनहरु हामीले समयमा बनाउन नसकेको कारणले हो की के हो, तीन तहको सरकारको पूर्ण रुपमा तीन तहकै सरकारहरु अधिकार सम्पन्न भएर काम गरेको भए यो अवस्था आउने थिएन । अहिले काँग्रेस र एमाले मिलेर जुन सरकार बनेको छ, यो सरकार खास गरेर अहिले हामीले जुन जनताको चाहनाअनुसार जुन अपेक्षलाई पूरा गर्नको लागि हो । यो भन्दा अघि त अरु सरकार पनि बनेका थिए, तर संसदीय अभ्यासमा अहिलेको अवस्थामा दुई ठूला राजनीतिक दल मिलेर र अरु साना दलहरुलाई पनि साथमा लिएर परिस्थितिलाई अझ सुधार गर्न र जनतालाई राहत दिन वर्तमान सरकार बनेको छ । अहिले युवाहरु बेरोजगारको कारणले गर्दा रोजगारीको खोजिमा विदेशिनुपर्ने यि सबै कुराहरुलाई मध्यनजर गरी नेपालको अर्थतन्त्रलाई अझ चलायमान गर्नको लागि र नेपालको म्यानुफ्याक्चरिङ सेक्टरहरु जुन अहिले पूर्ण रुपमा अघि बढ्न नसकेको कुरालाई ध्यान दिएर हामीले काम गर्नुछ ।’

उपप्रधानमन्त्री सिंहले तीन तहकै सरकार अधिकार सम्पन्न भएर काम गरेको भए अहिलेको अवस्था नआउने दाबी गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?