
म्याग्दी । बेनी नगरपालिका वडा नं ४ र मंगला गाउँपालिका वडा नं २ को सिमानामा पर्ने फापरखेतमा पहिरोका कारण अवरुद्ध म्याग्दीको बेनी-दरवाङ सडक दश दिनपछि हिजो (आइतबार) साँझदेखि सूचारु भएको छ ।
गएको असार २८ गतेदेखि फापरखेत खोल्साबाट झरेको पहिरोका कारण सडक अवरुद्ध भएको थियो । पश्चिम म्याग्दीको ’लाइफलाइन’ मानिने २४ किलोमिटर दुरीको बेनी-दरबाङ सडक पहिरोले अवरुद्ध भएको १० दिनपछि पुनः सञ्चालनमा आएको हो । सडकखण्डको पहिरो पन्छाएर आइतबार साँझदेखि सडक नियमित रुपमा सञ्चालन गरिएको हो ।
सडक सञ्चालनमा नआउँदा यात्रुले पखेर, बरंजा हुदै यात्रा गर्ने गरेका थिए । सडक अवरुद्ध हुँदा आवतजावत, निर्माण र खाद्यान्न सामग्री ढुवानीका साथै बिरामीलाई अस्पताल पुर्याउन समस्या भएको थियो ।
सडकखण्डअन्तर्गत बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमाना फापरखेतमा खसेको पहिरो हटाएपछि सवारीसाधन वारपार गरेको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिनुभयो । “सडकखण्डमा जोखिम टरेको छैन, बर्षात र साँझविहान आवतजावत गर्दा सतर्कता अपनाउन अनुरोध गरेका छौ, पहिरोले अवरुद्ध हुदाँ वित्तिकै पन्छाउने प्रयास गरेपनि पहिरो नरोकिएपछि यातायात अवरुद्ध भएका थिए” प्रजिअ ढकालले भन्नुभयो ।
उहाँका अनुसार जिल्ला प्रशासन कार्यालयको समन्वयमा स्थानीय तह र पूर्वाधार कार्यालय, निर्माण व्यवसायीसँगै प्रदेश र संघीय सांसदले समेत सक्रियता देखाएका थिए । मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बैकल्पिक सडकलाई तत्काल बजेटको माग गरिएको र अर्कोपटक यात्रुलाई सास्ती नहुने गरी काम गर्न सम्बन्धित निकायमा समेत अनुरोध गरिएको बताउनुभयो ।
सडकदेखि करिब २ सय मिटरमाथि र डेढ सय मिटर फराकिलो क्षेत्रमा पहिरो फैलिएको छ उक्त सडकखण्डमा फापरखेत र बाङ्ग्रेपहिरो मुख्य चुनौति मानिन्छ ।
पहिरोले सडक बगाएपछि २४ किलोमिटर दुरिको पश्चिम म्याग्दीको धवलागिरी, मालिका र मंगला गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सो सडकमा सिधा आवतजावत बन्द भएको थियो । बाङ्गे भिर,घुमाउने भीर र फापरखेत पहिरोका कारण सडक अवरुद्ध भएको थियो ।
यसैबीच म्याग्दीको बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा रहेको फापरखेतअन्तर्गतको बेनी-दरबाङ सडक खण्डको वैकल्पिक मार्ग खोजिने भएको छ । म्याग्दीका प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले उक्त सडक खण्डको बैकल्पिक मार्गको खोजि भइरहेको बताउनुभयो ।
सांसद गर्बुजाले भौतिक मन्त्रालय अन्तर्गत विभिन्न कार्यालय प्रमुखलाई जिल्लाको पहिरोको समस्यालाई हल गरी दिन आग्रह गरेको जानकारी दिनुभयो । फापरखेतको पहिरो बेनी-दरबाङ्ग सडकको सबैभन्दा टाउको दुखाईको विषय बनेको छ । उहाँका अनुसार सडकदेखि करिब २ सय मिटरमाथि र १५० मिटर फराकिलो क्षेत्रमा पहिरो फैलिएको छ ।
यहाँ करिब १८ वर्षअघि सडक मार्ग खोल्नुपूर्व नै पहिरोको जोखिम थियो । पहिरो रोकथामका लागि दीर्घकालीन योजना नहुदाँ यस खण्डमा वर्षायाममा सिधा यातायात सेवा प्रभावित हुने गरेको छ । पश्चिम म्याग्दीको लाइफलाइन मानिएको मंगला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनी जोड्ने सडक वर्षायाममा निकै जोखिमपूर्ण बन्दै गएको सांसद गर्बुजाको भनाइ छ ।
हालसम्म उक्त सडकखण्डमा राज्यको करोडौ खर्च भएपनि समस्याको समाधान हुन नसकेको गर्बुजाले बताउनुभयो । वर्षेनी खर्च गर्नुभन्दा अब नेपाल सरकारले यसको विकल्प खोजी दीर्घकालीन समाधान दिनुपर्ने उहाँको भनाइरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच