काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले लोकतन्त्रलाई सुदृढ बनाउन आफ्नो पार्टीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभएको छ ।
उहाँले भन्नुभयो,“संविधान र गणतन्त्रको रक्षाका लागि सबै दलहरूबीच समन्वय र सहकार्यको खाँचो छ ।”
आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री नेपालले राष्ट्रको विकास र जनताको समृद्धिका लागि देशमा सुशासन कायम गरी उत्पादन वृद्धिमा जोड दिनुपर्ने बताए ।
सो अवसरमा सितेरियो कराते खेलाडी पुरेन्द्रविक्रम लाखे र ललितपुरका समाजसेवी राजकुमार श्रेष्ठ नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्नुभएको थियो ।


बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा