पत्रकारिता क्षेत्रको व्यवसायिकता सुरक्षा र जवाफदेहिता बिषयमा छलफल

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 4 mins

रुपन्देही । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा बुटवलमा पत्रकारिता क्षेत्रको व्यवसायिकता सुरक्षा र जवाफदेहिता सुदृढीकरण बिषयक कार्यशाला सम्पन्न भएको छ ।

नेपाल पत्रकार महासंघले इन्टरनेश्ल अलर्टसँगको सहकार्यमा शुरु गरेको मिडिया सुरक्षा परियोजनाअन्तर्गत गठन गरिएको फ्रि मिडिया नेटवर्कसँग आवद्ध सरोकारवालाहरुसँग पत्रकारिताको व्यवसायिक सुरक्षा र जवाफदेहिताका बिषयमा कार्यशालामा छलफल गरिएको हो ।

कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले तुलानात्मक रुपमा रुपन्देहीको पत्रकारिता व्यवसायिक रहेको तर प्रश्नको घेराबाट बाहिर नरहेको बताउनु भयो । उहाले राज्यका तहबाट प्रदान हुने सेवाप्रवाह र सुरक्षाका सन्दर्भममा पनि प्रश्न रहेको बताउँदै रुपन्देहीको राजनीतिक परिपक्ता र पत्रकारिताको व्यवसायिकता राम्रो रहेको बताउनु भयो । अर्यालले पत्रकारिता क्षेत्र अपडेट र अपग्रेड हुनुपर्नेमा जोड दिनु भयो । उहाले प्रशासनका तर्फबाट पत्रकारितालाई सुरक्षा दिनका लागि कुनै कसुरबाँकी नराख्ने र सूचना प्रवाहका सन्दर्भममा सहकार्य गर्ने प्रतिबद्धता जनाएको बताउनु भयो।

यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले प्रस्तुती राख्दै रुपन्देहीमा पत्रकार आचारसंहिता पालना भइरहेको बताउँदै आफुहरुमाथि उठेका प्रश्नमा सच्चिन तयार रहेको बताउनु भयो । उहाँले आफुहरुले विगतदेखि नै फ्रि मिडिया नेटवर्क गठन गरेर पत्रकारहरुको पेशागत सुरक्षा र पत्रकारितालाई व्यवसायिक बनाउने सन्दर्भमा छलफल गर्ने गरेको समेत बताउनु भयो ।

ADVERTISEMENT

उक्त अवसरमा पत्रकारहरुको सुरक्षा, नागरिक समाज र पत्रकारहरुविच सूचनाको हक प्रयोग, समाचार संकलन र सम्प्रेषणका क्रममा निष्पक्ष र व्यवसायिक अभ्यास गरेको नगरेको, सञ्चारगृहमा लैंगिक तथा सामाजिक समावेशिकरण सम्बन्धी नीति कार्यान्वयन गरे नगरेको, पत्रकारिताको सुदृढीकरणका लागि स्थानीय सरकारको भूमिका, स्थानीय सरकारको सञ्चार नीति लगायतका सूचकका आधारमा रुपन्देहीको अवस्थाबारे मापन गरिएको थियो ।

उक्त सूचकबारे नागरिक समाज र अन्य सरोकारवालाहरुका तर्फबाट मानवअधिकारकर्मी गोविन्द खनाल र पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार दिनेश पाण्डेयले प्रस्तुती राख्नु भएको थियो। कार्यक्रममा नेपाल पत्रकार महासंघका कार्यक्रम संयोजक गिरीराज अधिकारीले प्राप्त भएका सूचांकहरुको परिणामलाई आगामि नेतृत्वले कार्ययोजना बनाएर कार्यान्वयन गर्ने बताउनु भयो ।

कार्यशालाबाट रुपन्देहीमा पत्रकार सुरक्षा, व्यवसायिकता लगायतका बिषयमा छुटाछुट्टै मूल्यांकनमा ठिकै अवस्था आएकाले आगामी दिनमा सुधार गर्नुपर्ने निष्कर्ष आएको महासंघ रुपन्देहीका सचिव विनोद परियारले बताउनु भयो । कार्यक्रममा जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय सहित, नागरिक समाज, मानवअधिकारकर्मी, स्थनीय जनप्रतिनिधि एव्म पत्रकारहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?