स्रष्टाहरूद्वारा धान रोपाइँ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । सखी प्रतिष्ठानले प्रत्येक वर्ष स्रष्टाहरूका लागि धान रोपाइँको कार्यक्रमको आयोजना गर्दै आएकोमा यस वर्ष पनि सम्पन्न गरेको छ ।

सखी प्रतिष्ठानकी अध्यक्ष मञ्जिला अनिलको संयोजनमा आयोजना गरिएको धान रोपाइँमा सखी प्रतिष्ठानका प्रमुख सल्लाहकार एवं साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, साहित्यिक पत्रकार संघका पूर्वअध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, घुम्ती मुक्तक नेपालका अध्यक्ष निर्मलरमण पराजुली, समाजसेवी सिर्जना रानी बस्नेत बर्मा, साहित्यकार भगवती बस्नेत, जितेन्द्र रसिक, कमला रिसाल, सरिता सापकोटा, नीशा रिमाल, स्मृति डंगोललगायत स्थानीयहरूको सहभागिता थियो ।

ADVERTISEMENT

सो अवसरमा स्रष्टाहरूले कृषि योग्य जमिनलाई प्लटिङ नगर्न र काठमाडौं उपत्यकालाई कंक्रिटको जंगल नबनाउन आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *