लेखक : प्रसाद संकरन
अनुवादक : नारायणप्रसाद घिमिरे
सुरक्षित, उत्तरदायी एप्स् र सबल नियमनसम्बन्धी कार्यपत्रहरू एआई व्यवस्थापन (गभर्नेन्स) समूहमा बुझाइएको छ । जोड दिनुपर्ने विषय र कार्यबारे दृष्टिकोण फरक-फरक भए पनि एआईको अझ गतिलो व्यवस्थापन अहिलेको विशेष प्राथमिकता हो भन्ने कुरामा सबै सर्वसम्मत थिए । एआईको सफल अवलम्बनका लागि विश्वास नै चुरो कुरो हो भन्नेमा द्विविधा छैन । यो पुस्ताकै सबैभन्दा क्रान्तिकारी नयाँ प्रविधि मानिएको जेनेरेटिभ एआईको सम्भावना मापन गर्न र यसबाट फाइदा लिनको लागि यसप्रतिको विश्वासले महत्वपूर्ण भूमिका खेल्छ । जब प्रयोगकर्ताले जादूयी यी हलचलकारी नयाँ विषयवस्तु अनुभव गर्छन्, उनीहरू स्वभावैले शंका गर्छन् । त्यसैले विश्वास भन्ने कुरा सुरुवातदेखि नै आर्जन गर्नुपर्छ ।
भरपर्दो एआई निर्माण
विश्वास नै अचूक मन्त्र भएकाले विश्वास भनेको के हो र यो कसरी आर्जन गर्ने भन्ने चर्चा गरौं । सन् १९९५ मा नोत्रे डेम र पर्डूका प्राध्यापकहरूले विश्वासको एउटा मोडल प्रकाशन गरे, जुन धेरैले अवलम्बन गरे । यो एआई सञ्चालित सेवाका लागि निकै व्यावहारिक छ । यो मोडेल अनुसार कुनै कुराको सक्षमता, उपकार र अक्षुण्णताप्रतिको अनुभूतिबाट विश्वास सिर्जना हुन्छ । हामीले ड्याभोसमा पनि सुन्यौं र यो प्रारूपले हाम्रा सामु देखिएको चुनौती बुझ्न सहयोग गर्छ । प्रथमतः एआई प्रणालीको विश्वसनीयता यसले वास्तविक समस्या समाधान गर्ने क्षमतामा नै निर्भर छ । व्यावहारिक अवस्थामा सुहाउँदो हुनु भनेको कुरा सामान्य होइन-मैले जेनेरेटिभ एआईले अनौठो क्षमता प्रदर्शन गरेको देखेको छु । वास्तविक जीवनमा प्रयोग गर्दा यसको प्रभावमा थोरैमात्र फरक परेको छ ।
धेरै वाचा गर्ने तर थोरै समाधान दिने एआई सेवाले अन्ततः विश्वास गुमाउँछन् । यो कुरा हामीले च्याटबोट र संवाद सहयोगी (भोइस एसिस्ट्यान्ट) मा देखिसकेका छौं । यिनीहरूले गफगाफ गर्न सहज बनाउने वाचा गर्छन् तर बुझाइ सीमित छ र छोटो प्रतिक्रिया लागि मात्रै व्यावहारिक छन् । प्रविधिका वाचा पूरा नहुँदा प्रयोगकर्ता खुशी भएनन् । एआई प्रणालीलाई प्रयोगयोग्य बनाउन हामीले सही समस्या के हो त्यसमा जोड दिनुपर्छ । सान्दर्भिक र उच्च गुणस्तरीय डाटालाई प्रयोगकर्ताको अनुभव र कुनै उद्देश्य पूरा गर्ने कार्यहरूमा सम्मिलित गर्नुपर्दछ । अझ महत्वपूर्ण यो छ कि एआई प्रणालीले लगातार सान्दर्भिक र उच्च गुणस्तरीय परिणाम दिन्छ दिँदैन भनी अनुगमन र परीक्षण जारी राख्नुपर्छ ।
आर्टिफिसियल इन्टेलिजेन्स (एआई), विशेषगरी जेनेरेटिभ एआई अवलम्बन गर्नका लागि विश्वास आधारभूत पक्ष हो । उत्तरदायी एआई कार्यान्वयन गर्नका लागि सार्वजनिक र निजी क्षेत्रहरूबीच उत्तिकै सहकार्य जरुरी छ जति व्यवसायमा नयाँ प्रयोगको अवलम्बन । यस लेखमा उत्तरदायी एआई अभ्यासका लागि व्यवसायमा अपनाउन सकिने विभिन्न छ क्रियाकलापबारे चर्चा गरिएको छ ।
विश्वास जगाउने दोस्रो कुरा हो उपकार । त्यसैले एआईका प्रारूपहरूले समाज, व्यवसाय र मानिसमा सकारात्मक प्रभाव छाड्न सक्नुपर्छ, अन्यथा तिनीहरू अस्वीकृत हुन्छन् । यसमा दुई मुख्य चुनौती छन् ः सकारात्मक प्रभावका लागि कार्यान्वयन ः कुनै पनि व्यवसायमा एआई उत्तरदायी रूपमा प्रयोग हुनुपर्छ र यसले पूर्णरूपमा नकारात्मक असर ठेगान लगाउनुपर्छ । तिनले अस्वीकार्य कुरालाई रोक्नुपर्छ, बौद्धिक सम्पत्तिको अधिकारको सम्मान गर्नुपर्छ, समतामूलक व्यवहार गर्नुपर्छ, वातावरणीय हानी रोक्नुपर्छ र विस्थापित कामदारको वैकल्पिक रोजगारमा पहुँच प्रदान गर्नुपर्छ ।
दुराशययुक्त प्रयोगको रोकथाम : उत्तरदायी व्यवशायले उपकारी एआई कार्यान्वयन गर्नेमात्र होइन दूराशययुक्त प्रयोगबाट जोगाउनु पनि पर्छ । सरकार र नियमनकारी निकायहरूले वैधानिक प्रदायकलाई स्वीकार्न र खराब घटकलाई निर्मूल गर्न कदम चाल्नै पर्छ । प्रदायक र उचित विषयवस्तुलाई मान्यता दिनु, एआई सञ्चालित आक्रमण नियन्त्रण गर्नु र डिजिटल वितरण सञ्जालको नियमन गर्नु महत्वपूर्ण कार्य हुन् ।
अन्त्यमा, अक्षुणताले विश्वास जगाउँछ, जहाँ प्रयोगकर्ताले उनीहरूको सेवा आफ्नै सुरक्षित, सबल र व्यवस्थित महसुस गर्छन् । विभिन्न प्रविधि र व्यवसायले बृहत् पूर्वाधार र डाटा संरक्षण गर्ने क्याउड स्थापनामा दशकौं बिताएका छन् । यी पूर्वाधारले निर्धारित उद्देश्यका लागि संवेदनशील डिजिटल सेवाहरू सञ्चालन गर्छन् । यस्ता सेवामा भर पर्ने संसारलाई विस्तार गर्नै पर्छ र एआई क्षमतासँग अनुकूलन गराउनै पर्छ । यस्तो अनुकूलन पारदर्शी हुनुका साथै प्रयोगकर्तामाझ भरपर्दो हुनुपर्छ । यस्तो आवश्यक अक्षूणता प्राप्त गर्नका लागि प्लेटफर्मले पारदर्शिता, कार्यकुशलता, सुरक्षा, गोपनीयता र समानता अँगाल्नुपर्छ । उद्देश्यको स्थानीयकरण र छरिएका टुक्रे डाटाका आधारमा समानान्तर सफ्टवेयर अनुमान गर्ने प्रणाली (पोइन्ट युज केस) निर्माण चाहिँ खतरनाक हुन्छ किनकि यसले लगानी र असुरक्षा बढाउँछ, खराब नतिजा दिन्छ र अन्त्यमा प्रणालीको अक्ष्क्षूणता नै ध्वस्त पार्छ ।
उत्तरदायी एआईको कार्यान्वयनमा चुनौती
उद्देश्यका बारेमा स्पष्ट हुनु राम्रो भए पनि हामी ठूला चुनौतीका सामु छौं । उत्तरदायी एआईको सुनिश्चित गर्न सार्वजनिक र निजी क्षेत्रबीच थुप्रै विषयमा सहकार्य हुनुपर्दछ । व्यवसायमा एआई जडित प्रणालीको डिजाइन, इन्जिनियर, सुनिश्चितता र उत्तरदायी सञ्चालनका लागि नयाँ अभ्यासको अवलम्बन जरुरी छ । यी चुनौती चिर्नका लागि अब हामीसँग कसैलाई कुरेर बस्ने छुट छैन । तपाई जेसुकै भूमिका वा उद्योगमा भए पनि, यो निश्चित छ प्रतिस्पर्धीहरूले एआई कार्यान्वयन अघि बढाइरहेका छन्, कर्मचारीहरू भित्रभित्रै कमसल सेवा प्रयोग गरिरहेका छन् र खराब तत्वले कमजोर प्रणालीमा आक्रमण गरी फाइदा उठाउन अनेका चाल रचिरहेका छन् । सयौं संस्था र हाम्रो आफ्नै उद्योगमा उत्तरदायी व्यवसायस्तरको एआई निर्माणमा प्रदान गरेको सहयोगको हाम्रो अनुभवका आधारमा व्यवसायले निम्न छ क्षेत्रमा काम गर्नै पर्छ :
१) नेतृत्वमा एकरूपता र जवाफदेहीता
एआई प्रमुख कार्यकारी अधिकृत (सिइओ) स्तरीय विषय हो जसले संस्थाका सबै कृयाकलापमा सहकार्य खोज्छ । एआईसँग सम्बन्धित विषयवस्तु उत्तरदायी नेतृत्व समूहहरूले छलफल गर्नुपर्छ । अवसर, नियमनका तरिका, चुनौती प्रतिकार्य र पहलकदमीका लागि जवाफदेहीता पनि छलफलका विषय हुन् ।
२) मानवीय पक्षको सम्बोधन
जानकारहरूका जारी अनुसन्धानले संकेत गरेका छन् कि कर्मचारी र सेवाग्राहीबीचको अविश्वासलगायतका विषयले जेनेरेटिभ एआईको विकासमा अवरोध खडा गर्छन् । कतिपयले जेनेरेटिभ एआईले प्रविधि अन्तक्र्रिया र व्यावसायिक फाइदा वृद्धि गर्ने विश्वास गरे पनि यसले कामदार र समाजलाई फाइदा गर्दैन र रोजगरीमा असुरक्षा निम्त्याउँछ भन्ने डर छ । व्यापार व्यवसायले यी विषय सम्बोधन गर्दा पारदर्शिता र प्रत्यक्ष सञ्चार कायम गर्नुपर्छ । यो उपाय प्रभावकारी हुन्छ किनकि अध्ययनअनुसार बृहत् समझदारीले नै जेनेरेटिभ एआईप्रति सक्रियता र चासो बढाउँछ ।
३) मापदण्ड र चुनौतीको व्यवस्थापन
असल अभ्यासको स्तरीकरण र एआई सम्बन्धित गतिविधिको प्रणालीसम्मत् अनुगमनका लागि नियमन, चुनौती र परिपालनाको एक संयन्त्र स्थापना गर्नुहोस् । यो संयन्त्रभित्र डाटाको परिचालन, एआई मोडल, सेवा प्रयोगको तरिका (एप्लिकेसन युज केस), प्रयोगकर्तामा प्रभाव र सुरक्षालगायतका एआई सञ्चालित प्रणालीको सम्पूर्ण क्षेत्रबारे महत्वपूर्ण ध्यान पुर्याउनुपर्छ ।
४) विज्ञताको सम्पर्क निर्धारण
उत्तरदायी एआईको व्यवस्थापनका लागि केन्द्रीकृत पारदर्शिता र क्रियाकलापको नियमन अत्यन्त जरुरी छ । एआई उत्कृष्टताको केन्द्र स्थापना गरी व्यवसायले अतिकम उपलब्ध विज्ञताको राम्रो उपयोग गर्न सक्छन् । त्यसैगरी, केन्द्रमार्फत् नेतृत्वकर्ता, नियामक, साझेदार, विकास समूह र कर्मचारीलाई सुसंगत विचार प्रदान गर्न सकिन्छ ।
५. क्षमता विकास र सचेतना
उत्तरदायी एआई अभ्यासलाई दिगो बनाउनका लागि व्यापारिक क्षेत्रका हरेक मानिस प्रविधिको क्षमता, सीमा र चुनौतीबारे जानकार हुनैपर्छ । जिम्मेबार एआई, संस्थाको दृष्टिकोण र नियमनका तरिकाबारे सबै कर्मचारीहरू शिक्षित हुनुपर्छ । एआई सेवाको विकास र फाइदा सुनिश्चित गर्न विशेष समूहलाई तालिम दिएर थप सहयोग गर्न र व्यावसायिक उद्देश्य हासिल गर्न व्यावहारिक प्रशिक्षण दिन सकिन्छ ।
६) प्लेटफर्ममा असल अभ्यास
एआई सर्वत्र छ । क्षितिजीय प्रविधिले हरेक रोजगारको भूमिकामा प्रभाव पार्छ । विश्वसनीय प्राविधिक सेवा स्थापनाका लागि कुनै पनि समूहलाई डाटा र कामको विधि आवश्यक पर्छ । एआईका प्लेटफर्मले साझा सामग्रीको पुनर्प्रयोगका लागि पहुँच स्थापना गर्छ, प्रभावकारी जोखिम व्यवस्थापन सुनिश्चित गर्छ र सबै सरोकारवालामा पारदर्शिता कायम गर्छ । (स्रोत : विश्व आर्थिक मञ्च, जुन २०२४)







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता