काठमाडौं। बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनको आह्वान गर्नुभएको छ ।
प्रदेश प्रमुख शर्माले संविधानको धारा १६८ को उपधारा २ अनुसार मंगलबार साँझ ५ बजेसम्मको समय दिएर सरकारमा दाबी पेश गर्न आह्वान गर्नुभएको हो ।
मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनको आव्हान गर्नुभयो ।
नयाँ सरकार गठनको आह्वान भएसँगै कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी छ ।
लामालाई मुख्यमन्त्रीमा अघि सार्ने कांग्रेस संसदीय दलको निर्याय भईसकेको छ। लामालाई नेकपा एमालेको समर्थन रहेको छ।
११० सदस्यीय प्रदेशसभामा सरकार निर्माणका लागि ५६ मत आवश्यक पर्छ। प्रदेशमा कांग्रेस र एमालेको सहजै बहुमत पुग्ने अवस्था छ ।
प्रदेशसभामा कांग्रेसका ३७, एमालेका २७, माओवादीका २१, राप्रपाका १३, नेकपा (एस)का ७ र हाम्रो नेपाली पार्टीका २ सांसद छन्।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts