संस्थाको लागि आएको बजेट व्यक्तिको खातामा

दीपककुमार शर्मा बर्दिया, संवाददाता
दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 3 mins

बर्दिया । संस्थाका लागि आएको बजेट व्यक्तिगत रुपमा प्रयोग भएको पाइएको छ ।

बर्दियाको गुलरिया नगरपालिकामा रहेको सामुदायिक विकास संस्थाको नाममा आउनु पर्ने रकम संस्थाका अध्यक्ष कालुराम विश्वकर्मा र सोहि संस्थामा कार्यरत मानबहादुर विश्वकर्मा मिलेर मानबहादुर विश्वकर्माको नाममा करिब १ करोड ४० लाख रुपैयाँ दातालाई राँख्न लगाई सोहि रकमले जग्गा किनेको पाईएको हाे ।

स्रोतका अनुसार इसाई धर्मको प्रवर्द्धन तथा कोभिडको समयमा रोजगार गुमाएका इसाई धर्मालम्वीहरुका लागि भनेर गुलरिया नगरपालिका-५ मा डिपार्टमेन्टल स्टोर संचालन गर्ने उद्देश्यका साथ न्युजिल्यान्डका दाता डगलस किम्लेस मार्फत कोभिड १९ को समयमा तत्कालिन सामुदायिक विकास संस्थाका कार्यकारी निर्देशक हाल प्लान नेपालमा कार्यरत मानविर विश्वकर्माले रकम व्यक्तिगत रुपमा प्रयोग गरी गुलरिया नगरपालिका वार्ड न ५ मा ४ कठ्ठा जग्गा आफ्नो नाममा खरिद गरेको पाइएको हो ।

ADVERTISEMENT

उनले संस्थाको लागि खरिद गर्नु पर्ने जग्गा आफ्नो नाममा बनाएको भन्दै सामुदायिक विकास संस्थाका कार्यसमिति सदस्यहरुले आपत्ति जनाएका छन् ।

यस विषयमा मानबहादुर विश्वकर्मा संग बुझ्न खोज्दा उनले रकम आएको बताउदै संस्थाको नाममा आउनु पर्ने रकम आफुलाई विश्वास गरी मन जितेर ल्याएको वजेट भएको हुँदा आफ्नाे नाममा आएको बताए । जग्गा पनि खरिद गरिएको र तत्कालिन परिस्थिति अनुसार नै काम भएको उनले दावी गरे ।

गुलरिया नगरपालिका वार्ड न ५ मा ४ कठ्ठा जग्गा खाली देखिएको जमिन सस्थाको नाममा हुनुपर्ने मानविर विश्वकर्माले आफनो नाममा जग्गा खरिद गरेका हुन फोटो दीपककुमार शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?