काठमाडौं । जापानी कम्पनी योकोहामाको टायर नेपाली बजारमा आएको छ । अटोपार्ट्स इन्टरनेसनल(एपिआई)ले जापानी टायर कम्पनी योकोहामाका टायर नेपाल भित्र्याएको हो ।
नेपालका लागि आधिकारिक बिक्रेता एपिआइले योकोहामाका टायर बिक्री गर्नेछ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच योकोहामा टायर सार्वजनिक गरिएको हो ।
योकोहामा इण्डियाका प्रबन्ध निर्देशक हरिन्दर सिंहले योकोहामा समूहका लागि नेपाल महत्वपूर्ण बजार रहेको भन्दै नेपालको भौगोलिक अवस्था र सडकअनुसार योकोहामा टायर उपयुक्त र किफायती साबित हुने दाबी गर्नुभयो ।
एपिआईका प्रबन्ध निर्देशक सगुन कंसाकारले योकोहामासँगको साझेदारीप्रति उत्साह व्यक्त गर्दै नवीनतम र गुणस्तरका लागि विश्वप्रख्यात योकोहामासँग सहकार्य गर्न पाउँदा सम्मानित महसुस गरेको बताउनुभयो । एक सय सात वर्षको इतिहास बोकेको योकोहामाले आफ्नो उत्पादनमा सधँै उत्कृष्टता दिने गरेको जनाएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता