काठमाडौं । एड क्लबको नयाँ समिति गठन भएको छ । क्लब गभर्नर विधान राजभण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको हो । ज्वाइट गभर्नरमा विशालपुरुष ढकाल र दीपेन्द्र टण्डन रहनुभएको छ भने सदस्यमा आश्रा भट्टराई, अनुपम अधिकारी, विकास खतिवडा र अनुष्का श्रेष्ठ रहेका छन् ।
नयाँ कार्यसमितिले नेपालमा विज्ञापन र मार्केटिङ उद्योगलाई थप उचाइमा पुर्याउने कार्ययोजनासमेत अघि सारेको छ । एड क्लब, नेपाल विज्ञापन संघ (आन) अन्तर्गतको गतिशील र स्वायत्त संस्था हो । जसको उद्देश्य नेपालमा विज्ञापन र मार्केटिङ सञ्चार उद्योगमा सम्पर्क स्थापित गर्नुका साथै व्यावसायिक विकासका लागि एउटा मञ्च सिर्जना गर्नु रहेको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता