-पुरन साह
जनकपुरधाम । नेपाली कांग्रेस मधेश प्रदेशको संसदीय दलको बैठक सम्पन्न भएको छ ।
पार्टीको मधेश प्रदेश कार्यालय जनकपुरधाममा बसेको बैठककै क्रममा मुख्यमन्त्री सतिश कुमार सिंहले फोन गरेर पुर्व सहमति अनुसार अर्थसहित चार मन्त्रालय दिने र आजै सपथ ग्रहण हुने खबर गर्नुभएको कांग्रेस मधेश प्रदेशका सभापति समेत रहनुभएका संसदीय दलका नेता कृष्ण यादवले जानकारी दिनुभयो ।
यस्तै बैठकले सरकारमा जाने भन्ने विषयमा निर्णय गर्ने अधिकार संसदिय दलका नेतालाई सुम्पेको छ ।
बैठककै क्रममा मुख्यमन्त्रीले अर्थसहित चार मन्त्रीहरुको आजै पाँच बजे सपथ ग्रहण हुने खवर गर्नुभएको छ, यादवले भन्नुभयो ।
यसअघि कांग्रेसले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको थियो । मन्त्रालय बाँडफाँटमा सहमति नभएपछि कांग्रेसले समर्थन फिर्ता लिने चेतावनी दिएको हो ।
कांग्रेसले अर्थसहित चार मन्त्रालय मागेको छ । तर मुख्यमन्त्री सतिश कुमार सिंहले अर्थ आफैं राख्ने अडान लिनुभएपछि विवाद बढेको हो। पटक पटक छलफल भएपनि मुख्यमन्त्रीले अर्थ दिन अस्वीकार गरेपछि कांग्रेस वर्तमान सरकारको विकल्पसमेत खोज्ने गरी कांग्रेस अघि बढेको थियो ।
मधेशका मुख्यमन्त्री सिंह जनमत पार्टीको हुनु हो । कांग्रेस समर्थन फिर्ता लिँदा उहाँ नेतृत्वको सरकार अल्पमतमा पर्ने थियो ।
नेकपा एमाले र माओवादीसहितका दलको गठबन्धनले मधेशमा जसपा नेपालका सरोज कुमार सिंहलाई मुख्यमन्त्री बनाएको थियो । केन्द्रमा भएको सत्ता समीकरणसँगै मधेशमा पनि समीकरण परिवर्तन भइ कांग्रेस र लोसपा सरकारमा सामेल हुने भएको छ । यसअघि मधेशका मुख्यमन्त्री सिंहले माओवादी, नेकपा एस, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका ६ मन्त्रीलाई बर्खास्तसमेत गर्नुभएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts