मुगु । मुगुस्थित मुगुम कार्मारोङ्ग गाउपालिका वडा न १ मा रहेको डोल्फु गाउका २४ घर १ सार्वजनिक गुम्वा र यार्सा लुटने समुहलाई अनुसन्धानमा खटिइ पक्राउ गर्न सफल भएको भन्दै गाउँपालिकाबाट सम्मान गरेको छ ।
गत जेठ १२ गते मुगुम कार्मारोङ गाउँपालिका–१ डोल्फु गाउँका स्थानीयहरू यार्सागुम्बा सकंलन गर्न पाटनतिर गएको मौका छोपि लुटेरा आठ जनाको समूहले गाउँमा लुटपाट गरेको थियो ।
एक महिना लामो अनुसन्धानपछि नेपाल प्रहरीले लुटेर समूहका ३ जनालाई पक्राउ गरि सार्वजनिक गरेको थियो । अझै ५ जना फरार रहेका छन् ।
उच्च हिमाल,हिमपात,विकट,जङ्गल,पाटन चहार्दै नेपाल प्रहरिले लुटेराहरुको पहिचान गरि लुटेका सामानहरु मध्य केही सामान सहित ३ जनालाइ पक्रन सफल भएको भन्दै मुगुम कार्मारोङ्ग गाउँपालिकाले नेपाल प्रहरीलाई सम्मान गर्ने निर्णय गरे बमोजिम गाउँपालिका अध्यक्ष छिरिङ्ग क्याप्ने लामाले जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीको उपस्थितीमा जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक विरेन्द्र थापा र प्रहरी संगठनलाई विहिवार सम्मान गर्नुका साथै सम्मानपत्र हस्तान्तरण गर्नु भएको हो ।
सम्मान कार्यक्रममा बोल्दै प्रनाउ थापाले दिनरात नभनी जनताको सुरक्षामा खटिने प्रहरीहरुको कामलाई उच्च मुल्यांकन गर्दै जनस्तरबाट हुने यस्ता खालका सम्मान कार्यक्रमले प्रहरीको मनोबल बढ्ने बताउनु भयो ।
प्रहरी नायव उपरिक्षक मार्फत डोल्फु घटनामा प्रत्यक्ष,अप्रत्यक्ष खटिएका सबै प्रहरीलाई गरिएको सम्मानले जनस्तरमा प्रहरी प्रती रहेको विश्वास अझ प्रगाढ बनाएको र यस्ता जटिल खालका घटनामा प्रहरीलाई अनुसन्धान गर्न मनोबल बढाउने भएकाले जनताका सरकारहरुले ज्यानको बाजि राखी अपराधमा संलग्नहरु माथथि अनुसन्धान गर्ने,पक्राउ गर्ने प्रहरीहरुलाइ सहयोग र सम्मान गर्न पनि जान्नुपर्ने प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले बताउनु भयो ।
मुगुम कार्मारोङ्ग गाउपालिकाका अध्यक्ष छिरिङ्ग क्यापने लामाले बताउनु भयो ।
गत वर्ष पनि प्रनाउ विरेन्द्र थापाको नेतृत्वमा रहेको प्रहरीले एकै परिवारका आमा सहित ४ जना छोरा छोरीको हत्या भएको घटनाको सफलता पुर्वक अनुसन्धान गरि घटनामा संलग्नहरुलाई पक्राउ गर्न सफल भएको थियो ।
कुशलता र शान्तिपूर्ण रुपमा मन्दु घटनामा संलग्नहरुको खोजी र अनुसन्धान गर्न प्रहरी सफल भएको भन्दै त्यो बेला पनि प्रनाउ थापा सहित अनुसन्धानमा खटिएका सबै प्रहरी सहित उच्चदर्जाका प्रहरीहरुलाई नगरपालिका, समन्वय समिती,नागरिक संघ सस्था र नागरिक स्तरबाट सम्मान गरिएको थियो ।
डोल्फु घटनामा लुटेरा समुहले गाउँका २४ वटा घर १ गुम्बाबाट सुन ३५ तोला, चाँदि ९९४ दशमलव ५ तोला,बुद्धको मुर्ती,रिणिमोक्क्ष माइको मुर्ती,मुगाको माला ९५ तोला,यार्सा, मोवाइल र ५० लाख २५ हजार नगद लुटेर लिएको स्थानीयहरुले प्रहरीमा जाहेरी दिएका थिए ।
घटना लगत्तै मुगु प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक प्रकाश सिह कमाण्डमा प्रहरि खटिइ विभिन्न ७ वटा स्थानमा अनुसन्धान सुरु गरेको थियो ।
यो अनुसन्धान र खोजतलासमा मुगु प्रहरीले जुम्ला, ,हुम्ला,कालिकोट र डोल्पाका प्रहरीसङ्ग समन्वय सहकार्य गरि नाकाहरुमा प्रहरी परिचालन गरेको थियो ।
प्रहरीले पक्राउ गरेका ३ जनाबाट हातहतियारमा कटुवा पेस्तोल १ थान, एसएलआर १ थान, २ थान म्याग्जिन, २५ राउण्ड गोली, ३ थान ओकेटोके, १ थान बाइनाकुलर, ५ सेट आर्मीको कम्व्याक ड्रेस, १ वटा ट्रेकिङ झोला र १ वटा सल बरामत गरेको थियो ।
यस्तै पक्राउ परेकाहरुबाट प्रहरीले सुनको रिङ्ग २ थान,सुन कै माडुली २ थान विक्री गरेर पश्चात् जुम्ला प्रहरी मार्फत बरामत पनि गरेको बताएको थियो ।
पक्राउ परेका जुम्ला जिल्ला गुठिचौर गाउँपालिकाका वडा न ३ का आक्रोश पर्शे भनिने गणेश भण्डारी,सोही ठेगानाका पुर्णप्रसाद भण्डारी र वडा न ४ का कमल थापाको घटनामा प्रत्यक्ष संलग्नता रहेको पाइएको प्रहरीले जनाएको छ ।
सम्मान कार्यक्रममा मुगुम कार्मारोङ्ग गाउँपालिकाका उपाध्यक्ष छिरिङ्ग फुटि लामा, प्रमुख प्रशासकिय अधिकृत सुवासचन्द्र रावल,सूचना तथा प्रविधी अधिकृत सोबेन्द्र बहादुर मल्ल समेतको उपस्थिती रहेको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता