झापा । झापा अर्जुनधाराको शनिश्चरेमा पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै पानी परेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार शनिश्चरेमा ९८ मिलिमिटर पानी परेको छ ।
शनिश्चरे वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा हल्कादेखि ठूलो वर्षा भएको महाशाखाको रेकर्डले देखाएको छ । सो क्षेत्र भएर बहने बिरिङ, टाङटिङ, अधुवा र धरधरे लगातत साना खोलानालामा पानीको बहाव बढ्न सक्ने महाशाखाले जनाएको छ ।
बाढी पूर्वानुमान महाशाखाले त्यस क्षेत्रका खोलाको तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । मेचीनगरको बीच भाग भएर बहने निन्दा खोलामा पानीको सतहले सतर्कता तह पार गरेको छ।
नेपाल रेडक्रस सोसाइटी झापा सभापति लोकराज ढकालले भन्नुभयो, 'निन्दा खोला खतरा लेवलमा पुग्यो सर्तकता अपनाउनु होला ।' सो खोलामा असार २३ गते पानीको तह १२१.९७ नागेको थियोे । निन्दामा पानीको तह १२२.५ भन्दा बढी हुनासाथ खतरा हुन्छ ।
निन्दा खोला आसपासका क्षेत्रका स्थानीयलाई सचेत रहन सभापति ढकालले आग्रह गर्नुभएको छ । सो खोलाले पूर्वपश्चिम राजमार्ग दक्षिण तर्फको क्षेत्र मेचीनगर १५, भद्रपुर नगरपालिकाको पूर्वी तटीय लगायत क्षेत्र र कचनकवल गाउँपालिकामा बढी क्षति गर्छ । जो निन्दाको तटीय क्षेत्र हो ।
महाशाखाका अनुसार झापाको राजगढ क्षेत्रमा विगत तीन घण्टामा बढी पानी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज झापामा ठूलो पानी पर्ने सम्भावना केहीबेर जारी रहने छ ।अहिले झापाका सबै स्थानमा सानो, ठूलो पानी परिरहेको छ। अहिलेकै अवस्थामा जिल्लाका अन्य क्षेत्रमा खतरा भने नरहेको जनाइएको छ ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts