काठमाडौं । चलचित्र ‘एक्टर’को छायांकन सम्पन्न भएको छ । गत वैशाखको अन्त्यबाट पोखराको विन्ध्यवासिनी मन्दिरमा पूजा गर्दै छायांकन सुरु गरिएको चलचित्रको दुई चरण गरी ४५ दिनमा छायांकन पूरा भएको हो । पोखरामा १० दिन खिचेपछि काठमाडौंमा ३५ दिन छायांकन गरिएसँगै चलचित्रको एउटा गीत खिच्न बाँकी राख्दै सम्पूर्ण छायांकन सकिएको निर्माता थमनकुमार भण्डारीले जानकारी दिनुभयो ।
राजन भुसालको डेब्यु निर्देशनमा बन्न लागेको यो चलचित्रमा प्रदीप खड्का, दिव्या रायमाझी, राजबल्लभ कोइराला, आना शर्मा, सुशील सिटौला, दिव्य देव, उषा रजक, प्रदीप चौधरी, बादल भट्ट, अनोज पाण्डे, सुप्रज्ञा शर्मा, सिर्जना अधिकारीलगायतको अभिनय छ । दिव्याको यो पहिलो चलचित्र हो भने राजबल्लभले यही चलचित्रबाट करिब दश वर्षपछि कमब्याक गर्नुभएको छ ।
अदृत फिल्मस्को प्रस्तुतिमा मोती फिल्मस्को निर्माण रहेको यो चलचित्रमा थमनकुमार भण्डारीको लगानी छ । एनिस भुसाल सहनिर्माता रहेको चलचित्रको क्रियटिभ प्रोड्युसर मोती कार्की रहनुभएको छ । नरेन्द्र मैनालीले खिच्नु भएको यो चलचित्र यस वर्षको तिहारको छेको पारेर कात्तिक १५ गते लक्ष्मीपूजामा सिनेमाघरमा ल्याउने तयारी निर्माण पक्षको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता