
काठमाडौं । पाँचौं संस्करणको जिनियस म्युजिक अवार्डका मनोनयन सार्वजनिक गरिएको छ । ३६ विधा समेटिएको यस अवार्डमा पप, आधुनिक गीत, लोक तथा दोहोरी गीत, मौलिक गीत विधाका स्रष्टा र सिर्जना समाबेश गरिएको छ ।
‘नेपाली कला, संस्कृति हाम्रो पहिचान, संरक्षण प्रवद्र्धन गर्ने हाम्रो अभियान’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै नेपाली कला, भाषा, सांगीतिक क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि क्रियाशील हुँदै कलाकर्मीलाई प्रोत्साहन एवं सम्मान गर्न जिनियस म्युजिक प्रा.लि.ले आफ्नो स्थापनाको दशौं वर्ष पूरा गरेको अवसर पारेर ‘जिनियस म्युजिक अवार्ड’ स्थापना गरी-२०७६ जेठ ११ गते प्रथम ‘जिनियस म्युजिक अवार्ड-२०७५’ सम्पन्न गरेको थियो । सोही अनुरूप यस संस्थाले आफ्नो हरेक वार्षिकोत्सवको अवसरमा गीतसंगीतका लोकप्रिय श्रष्टालाई ‘जिनियस म्युजिक अवार्ड’द्वारा पुरस्कृत तथा सम्मान गर्दै आइरहेको छ र अहिले पाँचौं संस्करण गर्न लागेको हो ।
काठमाडौंमा एक विशेष समारोहबीच अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । सो अवसरमा एकजना विशिष्ट कला साधकलाई दीर्घसाधना सम्मान, रजत सम्मान, पत्रकारिता पुरस्कारलगायत सम्मान तथा पुरस्कारसमेत प्रदान गरिने जनाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच