
सर्लाही । सर्लाहीमा पनि आज इस्लाम धर्मावलम्वीले आफ्नो महान पर्व मोहरम मनाउँदै छन् । ताजिया तथा दाहा समेत भनिने यो पर्व मुस्लिम समुदायको बसोवास रहेको सर्लाही जिल्लाका २० वटै पालिकामा धुमधामसँग मनाउन लागिएको हो ।
यो पर्वमा घरेलु हातहतियार प्रदर्शन गर्दै -याली निकाल्ने प्रचलन छ । सर्लाही प्रशासनले पर्वलाई लक्षित गरी हिजो नै सूचना जारी गर्दै मानव अधिकारको सम्मान, शान्ति सुव्यवस्था कायम, सार्वजनिक सम्पत्तिको संरक्षण र सामाजिक सद्भाव कायम गरी पर्व मनाउन आग्रह गरिसकेको छ । पर्वलाई लक्षित गरी जिल्लाका सुरक्षा निकायले उच्च सुरक्षा सतर्कता अपनाएका छन् । सर्लाही प्रहरीका प्रमुख (एसपी) रवीन्द्रबहादुर सिंहले मोहरमलाई लक्षित गरी सुरक्षा व्यवस्था चुस्त पारिएको जानकारी दिनुभयो । मोहरममा कुनै विवाद हुन नदिन जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु हिजो गोडैता पुगेर मुस्लिम र हिन्दु दुवै समुदायका अगुवालाई राखेर छलफल गरिसक्नुभएको छ । पर्व मनाउनेक्रममा विवाद हुन सक्ने भन्दै मलंगवा, गोडैता, खुटौना, ब्रम्हपुरीलगायत स्थानमा बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले हस्ताक्षर गरी हिजो जिल्ला प्रशासनबाट जारी सूचनामा सार्वजनिक स्थानमा हो–हल्ला गर्ने, चर्को आवाजमा बाजा (डिजे) बजाउने, भाला, तरबारलगायतका हातहतियार प्रदर्शन गर्ने जस्ता अवाञ्छित क्रियाकलाप तथा कुनै पनि व्यक्तिको निजी जीवनमा असर पर्ने खालका कार्य नगरी सौहाद्रपूर्ण वातावरणमा पर्व मनाउन आग्रह गरिएको छ । कोही कसैले अवाञ्छित क्रियाकलाप गरे÷गराएको पाइए प्रचलित कानून बमोजिम कारवाही हुने उल्लेख छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच