
बाँके । बाँकेको कोहलपुरबाट नक्कली प्रहरी नायव उपरिक्षक डिएसपी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक नारायण डाँगीका अनुसार बाँकेका सरकारी कार्यालय तथा अन्य क्षेत्रमा आफु सीआईबी र राष्ट्रिय अनुसन्धानको डिएसपी हुँ भन्दै ठगी गर्ने पक्राउ परेको बताउनु भयो ।
दैलेख नारायण नगरपालिका ५ का ३० वर्षिय नैनसिंह विकलाई नक्कली डिएसपी बनेको आरोपमा पक्राउ गरिएको उहाँले बताउनु भयो ।
प्रहरीका अनुसार 'आफु नविन शाही अनुसन्धानको डिएसपी हुँ' भन्दै विगत ३ महिनादेखि कोहलपुर, नेपालगञ्ज लगायतका क्षेत्रमा आफु अनुगमनमा आएको भन्दै रकम असुल्ने र सरकारी कार्यालयमा गएर कर्मचारीसँग पनि भेटघाट गर्ने गरेको पाइएको छ ।
मंगलबार कोहलपुर नगरपालिका वडा नं. ११ मा शाही फेला परेका हुन् ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच