चितवन । चितवनमा रेलमार्गको सर्भे गर्न आएका टोलीको गाडीमा स्थानीयले आगजनी गरेका छन्। बुधबार दिउँसो भरतपुर महानगरपालिका वडा नम्बर ७ कृष्णपुर पुगेको आरएच कन्सल्टेन्सीको गाडीलाई स्थानीयले नियन्त्रणमा लिएका थिए।
नियन्त्रणमा लिएर उनीहरूले गाडीमा आगजनी गरेको प्रहरीले जनाएको छ। गाडीमा लागेको आगो निभाउन दमकल बोलाइएको थियो। आगलागीबाटमा पूर्ण रुपमा क्षति भएको छ । आगो नियन्त्रणमा आइसकेको छ।
पूर्वपश्चिम रेल मार्ग निर्माण गर्नका लागि हेटौंडाबाट बर्दघाटसम्म कन्सल्टेन्सीले अध्ययन गरिरहेको थियो। वडा नम्बर ८ मा मंगलबार नै सर्भे गरिएको थियो। त्यहाँ सकेर वडा नम्बर ७ कृष्णपुरमा बुधबार बिहान पुग्दा स्थानीयले उनीहरूलाई नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएर दिउँसो उनीहरू चढेको गाडीलाई जलाएको हो।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts