रोटरी ई–क्लब डिस्ट्रिक्ट ३२९२ काे क्लब स्थापना समारोह सम्पन्न

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडाैं । रोटरी ई-क्लब डिस्ट्रिक्ट ३२९२, नेपालले २०२४ को क्लब स्थापना समारोह सम्पन्न भएकाे छ । रोटरियन राज श्रेष्ठले रोटरी वर्ष २०२४-२५ को लागि १२ औं अध्यक्षको रूपमा पदभार ग्रहण गर्नुभयो । यो क्लब १३ मे २०१३ मा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२, नेपाल-भुटानअन्तर्गत स्थापना भई सञ्चालनमा रहेको छ ।

स्थापना समारोहमा क्लबका सदस्यहरू, उनका जीवनसाथीहरू, रोट्र्याक्टर्स, इन्टर्याक्टर्स, रोटाकिड्स, र डिस्ट्रिक्टका लिडरहरू तथा अधिकारीहरूसहित ६० भन्दा बढी सहभागी थिए । प्रमुख अतिथि र निवर्तमान डिस्ट्रिक्ट गभर्नर राजेन्द्र प्रसाद धोजु, डिस्ट्रिक्ट गभर्नर नोमिनी विष्णु बहादुर कार्की र उहाँकी जीवनसाथीले कार्यक्रममा गरिमा प्रदान गर्नुभयाे । उहाँहरुले सामुदायिक विकासमा रोटरीको महत्व र नेतृत्वको महत्वपूर्ण भूमिकाबारे विस्तृत जानकारी प्रदान गर्नुभयो ।

असिस्टेन्ट गभर्नर प्रविन भट्टराईले डिस्ट्रिक्ट र क्लबबीचको परस्पर निर्भरता सामुदायिक स्तरमा स्थायी प्रभाव पार्नको लागि महत्वपूर्ण भएको बताउनुभयाे । उहाँले रोटरी इन्टरनेशनलकी अध्यक्ष स्टेफनी ए. उर्चिकको दृष्टिकोण र उनको थीम ‘द म्याजिकअफ रोटरी’ र डिस्ट्रिक्टगभर्नर २०२४-२५ राजेन्द्र मान शेरचनद्वारा राखिएको लक्ष्यहरू साझा गर्नुभयो । एजी भट्टराईले डिस्ट्रिक्टरक्लबसँगको सम्बन्धलाई मजबुत पार्ने प्रतिज्ञा गर्नुभयो ।

ADVERTISEMENT

अध्यक्ष राज श्रेष्ठले रोटरी वर्ष २०२४-२५ को लागि आफ्नो दृष्टिकोण र कार्य योजनालाई प्रस्तुत गर्नुभयो । उहाँले रोटरी ई-क्लबले सामुदायिक क्षेत्रमा पुर्‍याएको महत्त्वपूर्ण योगदानहरूमा प्रकाश पार्नुभयो, जसमा दलसिङे, काभ्रेमा रु ६७,००,००० को भूकम्प पुनर्स्थापना परियोजना, आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई छात्रवृत्ति निरन्तरता, मानसिक स्वास्थ्य कार्यक्रम, वातावरण संरक्षणका पहलहरू, शान्ति निर्माण प्रयासहरू, र WASH (पानी, सरसफाइ, र स्वच्छता) परियोजनाहरू समावेश छन् । उहाँले रोटरीको ‘आफूभन्दा माथि सेवा’ को नारा लिएर क्लबका राम्रो कार्यहरूलाई अघि बढाउन सक्षम नयाँ नेतृत्व विकास गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

कार्यक्रममा क्लबका आठ चार्टर सदस्यहरू र एस.ई.ई.पास भएका तीन विद्यार्थीहरुलाई सम्मानित गरियो । क्लबका सदस्य रोटरियन पूनम थापालाई पनि रोटरी लर्निंग सेन्टरमा सबैभन्दा धेरै अंक प्राप्त गरी डिस्ट्रिक्टकै टप ११ मा पुग्न सफल भएकोमा सम्मान स्वरूप अध्यक्ष राज श्रेष्ठ र प्रमुख अतिथि (IPDG) राजेन्द्र धोजुले संयुक्तरुपमा सम्मानित गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?