मुगु । यार्सा टिप्न मुगुका पाटनहरुमा पुगेको बेला विरामी परेका र लेख लागेर मृत्यु भएकाहरुको परिवारलाइ टेवाले राहत स्वरुप आवश्यक सामाग्रीहरु सहयोग गरेको छ ।
गत बैशाख देखि असार मसान्तसम्म यार्सा टिप्न गएका बेला विरामी भएर मृत्यु भएका ४ जनाका परिवार र विरामी परेका २७ जनाको घरपरिवारलाइ दैनिक उपभोग्य,लत्ता कपडा लगायतका राहत सामाग्री सहयोग गरेको टेवाको मुगु स्थित साझेदार सस्था महिला अधिकार केन्द्रका अध्यक्ष सुकमाया शाहिले जानकारी गराउनु भयो ।
यार्सा पाटनमा छायानाथ रारा नगरपालिका वडा न १० का १ जना र वडा न १२ का ३ जना युवाहरुको मृत्यु भएको थियो भने २७ जना परिवारका युवा सदस्यहरु विरामी भएका थिए ।
यार्सा टिप्न जादा उच्च पाटनसम्म पुग्नु पर्ने,हिमाल चढनु पर्ने भएकोले प्राय युवा,युवती यार्सा टिप्न जाने गर्छन । एक सिजनमा एउटा परिवारले यार्सा बेचेरै कम्तिमा ३ लाख सम्म आम्दानी गर्ने गर्छन ।
१५ देखि २० दिनसम्म यार्सा टिपेर वर्षभरिको खर्च पुग्ने भएकाले गाउँ गाउबाट घर नै खाली गरेर युवा शक्ति पाटन पुग्ने गर्दछन ।
घरका कमाउने युवा शक्तीको मृत्यु र विरामी हुदा यो सिजनमा प्रभावित परिवार यार्सा टिप्न र आथिक कमाउनबाट बन्चित भएकाले उहाहरुलाइ थोरै भएपनी राहत होस भनेर टेवाको आथिक सहयोगमा राहत उपलब्ध गराइएको महिला अधिकार केन्द्रका अध्यक्ष सुकमाया शाहिले बताउनु भयो ।
अध्यक्ष शाहिका अनुसार राहतमा चामल ५० केजि,१ केजि दाल,खानेतेल १ लिटर,नुन ४ केजि,चिउरा १ केजि,फाइवर सिरक,डसना,तन्ना,सिरानी एक एक सेट सामान र मृतकका परिवारलाइ दैनिक उपभोग्य वस्तुहरु अन्य प्रभावित परिवार भन्दा डबलका साथै प्रती परिवारलाइ १२ हजार नगर सहयोग गरिएको छ ।
बाढी,पहिरो ,आगलागी,सवारी दुर्घटना, लेख लागेर मृत्यु भएका,विरामी परेका,धनजनको क्षेती भएका प्रभावित परिवारलाइ राज्यको उपस्थित नहुदै राहत लिएर विगत लामो समय देखि टेवा मुगाली पिडितहरुको घर आगनमा पुगि मलम लगाउदै आएको छ ।
यार्सा पाटनमा मृत्यु भएर र विरामी परेर प्रभावित भएका परिवारले अहिलेसम्म कहि कतैबाट राहत सहयोग नपाएको र टेवा मात्र पहिलो सहयोगीको रुपमा गाउँ मै राहत लिएर आएको छायानाथ रारा नगरपालिका वडा न १० का पिडित सिर्जना कुमाइले बताउनु भयो ।
उहाले आखाभरी आँसु निकाल्दै मलिन स्वरमा भन्नूभयो, ‘यार्सा टिप्न गएका बेला श्रीमान देवराज वुढाको पाटन मै मृत्युभयो । कमाउने घरमा उहाँ मात्र हुनुहुन्थ्यो अब हामी कसरी पालिने होला ? घरखर्च कसरी जुटाउने होला ? हामी कस्को भरमा बसौ ?'







