काठमाडौं । अभिनेता पृथ्वीराज प्रसाईंले चलचित्र ‘ईश्वर’मार्फत कमब्याक गर्न लाग्नुभएको छ । चलचित्र ‘डोली’ रिलिजको झण्डै पाँच वर्षपछि उहाँ ‘ईश्वर’ मार्फत पर्दामा देखिन लाग्नुभएको हो । राजु गिरी निर्देशित यो चलचित्र यही साउन ११ गतेदेखि सिनेमाघरमा आउँदै छ ।
यस चलचित्रमा पृथ्वी सागर पात्रको भूमिकामा हुनुहुन्छ । ‘सागर एक लभर ब्वाई हुन्छ । उसको बुवा नेगेटिभ क्यारेक्टरको भएकाले सुरुमा सागर पनि नेगेटिभ नै हुन्छ । तर पछि गएर ऊ पोजेटिभ क्यारेक्टरमा देखिन्छ । ईश्वर पारिवारिक कथाको फिल्म हो । म सहरमा बसेर गाउँ फर्किएको युवकको भूमिकामा छु । गाउँमै रहँदा नायिका अनु शाहसँग मेरो प्रेम हुन्छ’, पृथ्वी चलचित्रमा आफ्नो भूमिका बारे यस्तो खुलासा गर्नुहुन्छ ।
यसअघि उहाँले अनुसँग केही भिडियोमा सहकार्य गर्नुभएको थियो । जसकारण अनुसँग काम गर्न सहज भएको पृथ्वीको भनाइ छ । पृथ्वीले ‘किस्मत २, मंगलम, वीरंगना’लगायतका चलचित्रमा कुशल अभिनय गर्नुभएको छ । ‘ईश्वर’बाट अनु शाहले पनि करिब पाँच वर्षपछि कमब्याक गर्दै हुनुहुन्छ ।
राजु गिरीको निर्देशनमा बनेको चलचित्रमा पृथ्वी र अनुसँगै ध्रुव थापा, सुनिल थापा, बुद्धि तामाङ, सविन बास्तोला, माओत्से गुरुङ, रवीन्द्र झा, कृष्टि गुरुङ, शिशिर वाङ्देल, गीता अधिकारी, कृष्टि गुरुङलगायत कलाकारको अभिनय छ । भोजराज देवकोटाको पटकथा तथा संवाद रहेको चलचित्र दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण भएको हो । चलचित्रका निर्माता हरिबहादुर थापा हुनुहुन्छ भने लक्ष्मी कुँवर थापा प्रस्तुतकर्ता हुनुहुन्छ ।
निर्देशक गिरी स्वयंको कथा र भोजराज देवकोटाको पटकथा तथा संवाद लेखन रहेको चलचित्रमा रामेश्वर हुँमागाईंको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी तथा अर्जुन पोखरेल, राजेन्द्र बजगाईं र बीपी वाग्लेको संगीत छ । चलचित्रलाई आरआर फिल्मस्ले वितरण गर्दै छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts