काठमाडौं । यही साउन साउन २५ गतेदेखि सिनेमाघरमा आउन लागेको चलचित्र ‘नम्बरी सुन’ले १२ जना दर्शकलाई सुन उपहार दिने घोषणा गरेको छ । चलचित्रका प्रस्तुतकर्ता नारायण खातीले १२ जना दर्शकलाई सुन उपहार दिने घोषणा गर्नुभएको हो ।
उहाँले खल्ती एपबाट चलचित्र ‘नम्बरी सुन’को टिकट काट्ने पाँचजना र त्यसभन्दा बाहिरका सात दर्शकलाई सुनको मोतीवाला चन्द्रहार प्रदान गर्ने घोषणा गर्नुभएको छ । उहाँले त्यो उपहार लक्की ड्रमार्फत सार्वजनिक गरिने जानकारी गराउनुभयो ।
प्रस्तुतकर्ता खाती पेशाले सुन व्यवसायी हुनुहुन्छ । चलचित्रलाई राजु गिरीले निर्देशन गर्नुभएको हो । उहाँले चलचित्रले झण्डै ७० वर्षअघि घर–घर पुगेर सुनको गहना बनाउनेको कथालाई प्रस्तुत गर्ने बताउनुभयो ।
चलचित्रमा नम्रता सापकोटा, विनोद न्यौपाने, गौरव पहारी, सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, किरण नेपाली लगायतका कलाकारको अभिनय छ । मनोज रिजाल, सविन खाती र सरोज खाती निर्माता रहेको यो फिल्ममा शिवम् अधिकारीको पटकथा तथा संवाद र दिव्य सुवेदीको छायांकन छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts