खोटाङ । भोजपुरबाट खोटाङ आउँदै गरेको ट्याक्टर दुर्घट्ना हुँदा एकजना पुरुषको घट्नास्थलमै मृत्यु भएको छ ।
भोजपुर–दिक्तेल सडकखण्ड अन्तर्गत साकेला गाउँपालिका–१ बाझेच्यानडाँडामा प्रदेश नं.२–०१–००१ त २०१५ नम्बरको खाली ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ३० मिटर तल खस्दा साकेला गाउँपालिका–१ बाझेच्यानडाँडाका २१ वर्षीय जीबन देउजाको घट्नास्थलमै मृत्यु भएको छ ।
मंगलबार दिउँसो साँढे १२ बजे भएको दुर्घट्नामा सहचालक सोही ठाउँका १९ वर्षीय रोशन कटवाल घाइते हुनुभएको छ । कटवालको टाउँकोमा सामान्य चोट लागेको छ । घाईते कटवाल बोल्न सक्ने अवस्था रहेको प्रहरी नायब उपरिक्षक पुरुषोत्तम खड्काले जानकारी दिुनभयो ।
ट्याक्टर चालकको पहिचान खुल्न नसकेको तर, चालक फरार रहेका छन् । दुर्घट्नामा परेको ट्याक्टर पूर्णरुपमा क्षति भएको छ ।






