तातोपानी गाउँपालिकाको पुँजीगत खर्च ७० प्रतिशत

विजय रावत जुम्ला, संवाददाता
विजय रावत जुम्ला, संवाददाता
Read Time = 4 mins

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाको चालु आर्थिक वर्षको पुँजीगत खर्च ७० दशमलव ६६ प्रतिशत गरेको छ । पालिकाले सोही आवमा ५५ करोड ६१ लाख रूपैयाँको बजेट ल्याएको थियो । असार २४ गतेसम्म कुल बजेटको ८१ दशमलव १७ प्रतिशत खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिर्थ बहादुर कठायतले जानकारी दिनुभयो ।

यसमध्ये बिनियोजित बजेट चालुतर्फ ३७ करोड ४२ लाखमध्ये ३२ करोड २९ लाख अर्थात् ८६ दशमलव २८ प्रतिशत खर्च भएको छ । पुँजीगततर्फ १८ करोड १९ लाख बजेटमध्ये १२ करोड ८५ लाख अर्थात् ७० दशमलव ६६ प्रतिशत खर्च भएको छ । त्यस्तै राजस्व संकलन पालिकाले २० लाख प्राप्त हुने प्रक्षेपण गरेकामा सोही आवमा ३० लाख ९९ हजार अर्थात् ५४ दशमलव ९९ प्रतिशत राजस्व संकलन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कठायतको भनाइ छ ।

पालिकाले गत आर्थिक वर्षमा ७८ दशमलव १० प्रतिशत बजेट खर्च भएको थियो । यो आर्थिक वर्षमा ३ प्रतिशतले बजेट खर्च बढेको छ । पालिकाद्धारा आयोजित वार्षिक सार्वजानिक सूनूवाई कार्यक्रममा प्रस्तुत विवरण अनुसार आर्थिक विकास ६६ दशमलव ७ प्रतिशत, सामाजिक विकासमा ६० दशमलव ८१ प्रतिशत, पुर्वाधार विकासमा ७७ दशमलव १ प्रतिशत, सुशासन तथा विपद् व्यवस्थापनमा ६० दशमलव ६२ प्रतिशत र कार्यालय संचालनतर्फ ७० दशमलव ४३ प्रतिशत खर्च भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कठायतको भनाइ छ ।

ADVERTISEMENT

पलिकाकाले पूँजीगत खर्च वृद्धि र बेरुजु न्यूनीकरण हुनुमा योजनावद्ध कार्यक्रम संचालन तथा व्यवस्थापन, कार्य वातावरणमा सहजीकरण, समग्र कर्मचारीको खर्च गर्ने क्षमतामा तुलनात्मक रुपमा अभिवृद्धि, सामूहिक प्रयास लगायतका कामले यो प्रगति हासिल भएको हो । आगामी कार्यक्रमका बारेमा वार्षिक कार्ययोजना र अनुगमन योजना तर्जुमा र सोको प्रभावकारी कार्यान्वयनमा पहिलो प्राथमिकता योजनालाई विशेष दिई नियमित अनुगमनलाई प्रभावकारी बनाउने गाउँपालिका अध्यक्ष चौलागाईले जानकारी दिनुभयो ।

संघ प्रदेश र स्थानीय तहबाट संचालन भएका योजनाको भौतिक प्रगती शत प्रतिशत भएको छ । पालिकाका आठै वडामा संचालित ६ दर्जनबढी योजना पूर्ण सम्पन्न भइ संचालनमा आएकाछन् ।

ठेक्का मार्फत संघ प्रदेशको लगानीमा ७ वटा आयोजना निर्माण भएका छन् । श्रमदान अभियान प्रभावकारी संचालन, १२ सय बढी अती विपन्न नागरिकको निःशुक स्वास्थ्य बीमा, प्रशासनिक भवन निर्माण, निःशुलक एम्बुलेन्स सेवा जस्ता नमुना काम पालिकाले गरेको तातोपानी गाउँपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *