दलित समुदायका विद्यार्थीहरुमा छात्रवृत्ति कार्यक्रम प्रभावकारी

मान बहादुर बिश्वकर्मा कालिकोट
मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 6 mins

कालीकोट । दलित समुदायका बालबालिकाको शैक्षिक अवस्थामा सुधार ल्याउन सञ्चालन गरिएको नेपाल छात्रवृत्ति कार्यक्रम कालीकोटमा प्रभावकारी बन्दै गएको छ । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ कालीकोट र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित नेपाल छात्रवृति कार्यक्रमले दलित समुदायका विद्यार्थीहरुमा शैक्षिक सुधार अएको हो ।

बालबालिकाको शैक्षिक अवस्थामा सुधार गर्न र पहुँच अभिवृद्ध गर्नका लागि नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ जिल्ला शाखा कालीकोटले विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आइरहेको छ । आइतबार जिल्लाको खाँडाचक्र नगरपालिका वडा नम्बर-५ मटेला र दाँहामा एन.एन.डि.एस डब्लु र जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयका शैक्षिक सरोकारवालाहरुले समुदायस्तरमा गरेको संयुक्त अनुगमनमा विद्यार्थीको शैक्षिकस्तरमा सुधार देखिएको पाइएको हो ।

यो कार्यक्रम कालीकोट जिल्लाको शुभकालीका गाँउपालिका र खाँडाचक्र नगरपालिकामा सञ्चालित छ । उक्त छात्रवृत्ति कार्यक्रमले दलित बालबालिकाको शौक्षिक अवस्था सुधारको लागि हालसम्म १२० जना अतिजोखीम, र विषेश लक्षित र रोलमोडल गरी तीन तहमा बैंक खाता मार्फत छात्रवृत्ति वितरण गर्दै आइरहेको छ ।

सो छात्रवृत्ति कार्यक्रमले दलित बालबालिकाको शौक्षिक अवस्थामा सुधार गरि २०८० को एसईई. परीक्षामा ७० प्रतिशत विद्यार्थीहरु २ दशमलव २५ र ३ दशमलव ३० जिपिए अंक ल्याएर सफल भएको अनुगमनले निष्कर्ष निकालको छ ।

जिल्लामा रहेका सरकारी तथा गैह्रसरकारी तहका शैक्षिक सरोकारवालाहरुको उपस्थितिमा छात्रवृत्तिको समग्र अवस्था, बालबालकाको विद्यालयमा निरन्तरता, छात्रवृत्ति वितरणमा पारदर्शिता, सही सदुपयोग, शिक्षामा अभिभावक र विव्यसको संलग्नता, उपयुक्त घरयसी शैक्षिक वातावरणलगायतका विषयमा अनुगमन गरेको थियो ।

ADVERTISEMENT

अनुगमनमा सन्तोषजनक परिणाम रहेको र विद्यार्थीको भाग्य र भविष्यको रुपमा रहेको एसईई परिक्षामा उल्लेख्य नतिजा हाँसिल गरि दलित समुदायमा छात्रवृत्ति प्राप्त बालबललिकाहरु नमुना विद्यार्थीको भूमिकामा देखा परेका स्थानीय बासीन्दा तुलाराज शाहीले बताउनुभयो ।

कार्यक्रमको संयुक्त अनुगमनमा शिक्षा विकास तथा समन्वय ईकाइका प्रतिनिधि, जिल्ला समन्वय समिति, शिक्षामा सरोकार राख्ने गैरसरकारी निकाय, शिक्षकलगायत अन्य सरोकारवालहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा दाहाँ कलष्टरका दलित बालबालिकाहरुको शिक्षामा थप सुधारका लागि हौसला तथा उत्प्रेरणा मिलेको स्थानीय शैक्षिक सरोकावाला र समुदायका बासीन्दाहरुको घनाइ छ । उपस्थित सरोकारवालाहरुले शिक्षा सुधारका लागि आवश्यक सल्लाह सुझाब दिई दलित बालबालिकाको आत्मविश्वास बढेको दलित अधिकारकर्मी अनिल विश्वकर्माले बताउनुभयो ।

दलित समुदायमा शैक्षिक सचेतनाको कमि र आर्थीक अवस्था कमजोर भएको विकट दलित बस्तिमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ र सेभ द चिल्ड्रेको साझेदारीमा सञ्चालित नेपाल छात्रवृत्ति कार्यक्रमले समुदाय स्तरमा शैक्षिक जागरणको अभियान सुरु गरेको बताइएको छ ।

संयुक्त अनुगमनमा उपस्थित प्रमुख शैक्षिक सरोकारवालाहरुका अनुसार नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ कालीकोटले छात्रवृत्ति कार्यक्रम मार्फत दलित समुदायको शैक्षिक सचेतना अभिवृद्धि गरी गरीबी, अशिक्षा, बेरोजगार, विभेदलगायतका जटिल समस्यहरु बाट उन्मुक्ति दिलाउने कामको थालनि गरेको र नेपाल छात्रवृत्ति कार्यक्रमका जिल्ला कार्यक्रम अधिकृत गोरख नेपालीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?