काठमाडौं । हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैँ तिहारको उपलक्ष्यमा ल्याएको हुण्डाई फेस्टिभ डिलाइट २०८० अफरको बम्पर विजेता घोषणा गरेको छ ।
अफरअन्तर्गत हरेक हुण्डाई गाडी खरिदमा ग्राहकले छ लाखसम्मको आकर्षक नगद छुट र एक वर्षको निःशुल्क बिमा तथा सडक करका साथै स्क्र्याच कार्डमार्फत् थप एक लाखसम्मको नगद छुट र बम्पर उपहारअन्तर्गत लक्की ड्रमार्फत् एकजना विजेतालाई हुण्डाई एक्स्टर जित्ने मौका थियो ।
कम्पनीले सोमबार अफर विजेता घोषणा हुण्डाई नेपालको फेसबुकमा लक्की ड्रमार्फत् गरेको हो । बम्पर लक्की ड्रअन्तर्गत सुनसरीका इन्द्रप्रसाद गुरागाई, कुपन नम्बर ५३, अलायन्स मोटर्स प्रालि, हुण्डाई बिर्तामोडका ग्राहकले हुण्डाई एक्स्टर जितेको कम्पनीले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts