कैलाली । चार लाख घुससहित दार्चुलाको शैल्यशिखर नगरपालिकाका २ जना कृषि प्राविधिक पक्राउ परेका छन्।
४ लाख १२ हजार घुस रकमसहित २ जना कृषि प्राविधिक रंगेहात पक्राउ परेका हुन्। कृषि शाखा प्रमुख मोहनसिंह धामी र कृषि प्राविधिक सहायक अशोकसिंह धामी पक्राउ परेका छन्।
स्रोतका अनुसार अख्तियार दुरूपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले दुबै जनालाई धनगढी उपमहानगरपालिका–४ बोराडाडीबाट पक्राउ गरेको हो। उनीहरुले कृषक समूहको बिल भुक्तानीका क्रममा घुस रकम मागेका थिए।






