
बैतडी । बैतडीको पाटन नगरपालिका ८ र ९ का किसानहरुलाई हाते ट्याक्टर वितरण गरिएको छ । कृषि ज्ञान केन्द्रको बृहत विशेष कृषि उत्पादन कार्यक्रम अन्तर्गत आईतबार ३४ जना किसानलाई हाते ट्याक्टर वितरण गरिएको हो ।
कृषि ज्ञान केन्द्रको ५० प्रतिशत अनुदानमा किसानहरुलाई हाते ट्याक्टर वितरण गरिएको हो । युवा जनशक्ति रोजगारीका लागि बाहिर जाने र गाउँमा महिलाहरु हुँदा खेतीपातिका काम गर्दा सहज हुने भएकाले हाते ट्याक्टर अनुदानमा वितरण गरिएको कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख घनश्याम चौधरीले जानकारी दिनुभयो । थोरै जनशक्तिले पनि कम समयमा धैरै काम गर्न सकिने र गोरु पाल्ने झनझट पनि नहुने भएकाले हाते ट्याक्टर वितरण गरिएको उहाँले बताउनुभयो ।
कृषि समूहमा आवद्ध महिलाहरुको मागका आधारमा पाटन नगरपालिका ८ का २५ जना र वडा नम्बर ९ का नौ जना कृषकहरुलाई हाते ट्याक्टर वितरण भएकाे छ । महिला कृषि समूहमा आवद्ध महिलाले अनुदानमा हाते ट्याक्टर प्राप्त गरेपछि कम समयमा धेरै काम गर्न सकिने बताए। गोरु पालिरहनु नपर्ने र कम जनशक्ति र समयमा धेरै काम गर्न सकिने भएकाले सहज हुने ओखेलेश्वर बहुउद्धेशीय महिला कृषि समूहका अध्यक्ष बिमला बिष्टले बताउनुभयो ।
कृषि ज्ञान केन्द्र बैतडीको बार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत यसअघि पाटन नगरपालिका ८, ९ र १० का किसानहरुलाई आलुको बिउसहित, डिजिटल तराजु, पानी तान्ने समर सिवल पम्प वितरण गरेको थियो ।
हाते ट्याक्टर प्रयोग गर्ने किसानहरुको संख्या बढेपनि वातावरण मैत्री भने नभएको बताइएको छ । उत्पादन र समयको खर्च घटाएपनि हाते ट्याक्टर चलाउने अनुभव नहँदा दुर्घटनाको जोखीम हुने गरेको छ ।
‘हाते ट्याक्टरको आयातमा सरकारको ठुलो रकम बिदेशीने गरेको छ, त्यसपछि बेला बेला मर्मतमा समेत खर्च हुने गरेको छ’ कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख घनश्याम चौधरीले भन्नुभयो ‘युवा जति सबै बाहिर भएकाले हाते ट्याक्टरको प्रयोग नगरी नहुने अवस्था छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच