प्रहरीले सामान नियन्त्रणमा लिएको भन्दै आन्दोलित

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 5 mins

बारा । बाराका अपाङ्गता भएकाहरु प्रहरीले सामान नियन्त्रणमा लिएको भन्दै आन्दोलित भएका छन् ।

भारत विहार राज्यको आदापुरबाट विस्कुट, चाउचाउ, चकलेट, कुरकुरेलगायतका सामानहरु शनिबार खरीद गरि ल्याएको सामान मटिअर्वा नजिकै रहेको गण्डक नहरबाट बारा प्रहरीले नियन्त्रणमा लिएको कारण आफूहरु आन्दोलित हुन पुगेको उनीहरुले बताए ।

एकातिर कामको अभावमा जिवनयापन गर्न गाह्रो छ भने अर्को तर्फ ऋण लिएर भारतबाट कुरकुरे, विस्कुट जस्ता सामानहरु ल्याएर कलैया बजारमा विक्री गरि दुई चार पैसा कमाई जिवन यापन गर्दै आएको देवताल गाउँपालिका-२ दक्षिण झिटकैयाका अपाङ्ग आसमहम्मदले बताउनुभयो ।

'अरुसँग सापटी ३० हजार रुपैयाँ लिएर शनिबार आदापुरबाट केही सरसमान किनेर ल्याउने क्रममा मटिअर्वा स्थित गण्डक नहर निर जिल्ला प्रहरी कार्यालय कलैयाबाट प्रहरी निरिक्षक निर्मला कठायतको नेतृत्वमा गएको टोलीले हाम्रो सामान खोस्यो,'- उहाँले भन्नुभयो,‘प्रहरी निरिक्षक कठायतलाई जति हार गुहार गरेपनि उहाँले समान दिनु भएन । एक त अपाङ्ग त्यसमाथि जिवन जिउनको लागि केही काम गरौ र कामबाट कमाएको पैसाले जिवनयापन गरौ भनि सोचका साथ शुरु गरेको व्यापार नै डुब्यो । एकातिर ब्यापार डुबेको पिडा छ भने अर्को तर्फ लिएको ऋण तिर्नसमेत समस्या भयो । अब कहाँबाट ल्याएर म साहुको ऋण तिरौला र घरपरिवार चलाउला भन्ने पिरले पिरोलिएर बाध्य भएर आन्दोलित भएका हाै ।’

दिनहुँ जसो तस्करहरुले साइकल मोटरसाइकल ट्रेक्टर लगायतका सवारी साधनमा तस्करी हुने गरेको छ कलैया उपमहानगरपालिका-३ का अपाङ्गता भएका शिवलाल महतो धानुकले भन्नुभयो,‘ती तस्करहरुले प्रहरीलाई महिनावारी दिने गरेको कारण उनीहरुको मालसमान छुँदा पनि छुदैनन् । उनीहरु निर्वाध रुपमा तस्करी गरिरहेका छन् । तर हामी जस्ता अपाङ्गहरुलाई प्रहरीले दिनहुँ दुःख दिने गरेको समान खोस्ने गरेको र पैसा समेत माग्ने गरेको छ ।’

ADVERTISEMENT

शनिबार आफूले चार हजार बराबरको कुरकुरे, विस्कुट, चकलेट लगायतका सामानहरु लिएर आउने क्रममा प्रहरीले सामान खोसेको र जति हार गुहार गर्दा पनि नदिएको कारण आफूहरु आन्दोलित हुनु परेको उहाँले बताउनुभयो ।

दर्जन भन्दा बढीको संख्यामा आएका अपाङ्गहरुको टोलीले जिल्ला प्रहरी कार्यालय अगाडी १० बजे देखि आन्दोलनमा उत्रिएका छन् । उनीहरुले प्रहरीले नियन्त्रणमा लिएको सामान फिर्ता गर होइन भने हामी र हाम्रो बालबच्चाहरुको जिउने आधारको व्यवस्था गर जस्ता माँग गर्दै आन्दोलित भएका छन् ।

हामीले ऋण कर्जा गरी ल्याएको पैसाबाट भारत विहारको आदापुरबाट कुरकुरे, विस्कुट, चकलेटलगायतका सरसमानहरु किनेर ल्याउने र त्यही बेचेर त्यसबाट आएको पैसाबाट आफ्नो र आफ्नो परिवारको जिविकोपार्जन गर्ने र साहुको ऋण समेत किस्ताबन्दीमा तिर्दै आएका धानुकले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरिक्षक महेन्द्र खडकाले शनिबार मालसमानहरु बरामद गरिएको र नियन्त्रणमा लिइएको मालसमानहरु भन्सार चलान गर्ने प्रक्रिया अगाडी बढाइएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?