
काठमाडौं । साइत जुराउनका निम्ति उपयोगी पुस्तक ‘मुहूर्तचिन्तामणिः’को शब्दार्थसहित नेपाली व्याख्या प्रकाशित भएको छ । श्रीरामदैवज्ञ मूल लेखक रहेको उक्त पुस्तक नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक डा.नारायणप्रसाद निरौलाले शब्दार्थसहित नेपालीमा व्याख्या गरी प्रकाशनमा ल्याउनु भएको हो ।
नेपालीमा शब्दार्थसहित व्याख्या भएको यो पहिलो पुस्तक हो । धार्मिक कार्यको सम्पादन गर्ने मूल शास्त्रीय आधारका रूपमा मुहूत्र्तचिन्तामणि ग्रन्थलाई लिइन्छ । ‘मुहूत्र्तचिन्तामणि’ मूल संस्कृत भाषामा रहेको र पीयूषधारा टीका पनि संस्कृतमै भएकाले नेपाली माध्यमबाट व्याख्या विवेचना गरिएका पुस्तकको अभाव पूर्तिका निम्ति यो पुस्तक तयार गरिएको कुरा पुस्तकका व्याख्याकारले जनाउनु भएको छ ।
मूल संस्कृतका श्लोक, संस्कृत श्लोकमा सम्बद्ध शब्दको नेपालीमा अर्थ, प्रसंगार्थ, श्लोकको अर्थ, पीयूषधारा टीकाको नेपाली विशेष व्याख्याका साथै विषयवस्तुको तालिका र आवश्यकताअनुसार उदाहरण पनि प्रस्तुत पुस्तकमा उल्लेख गरिएको छ ।
उक्त पुस्तकको अध्ययनबाट हाम्रा धार्मिक संस्कार एवं कर्मको सम्पादनमा कालको निर्णयसम्बन्धी विषयवस्तुको ज्ञान गर्न सकिने कुरा नेसंवि वाल्मीकि विद्यापीठ ज्योतिष विभागका विभागाध्यक्ष डा.धनेश्वर नेपालको भूमिकामा उल्लेख छ । विशेषतः विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहप्रवेश, वास्तुपूजा, पुराणश्रवणलगायत साइत जुराउने विषयवस्तुलाई उदाहरणसहित नेपालीमा प्रस्तुत गरिएको छ ।
संस्कृत मूल श्लोकका प्रत्येक शब्दको नेपालीमा अर्थ समावेश हुनु, नेपाली व्याख्याका साथै पीयूषधारा टीकाको नेपालीमा सन्दर्भार्थ प्रस्तुत रहनु, विषयवस्तुलाई तालिकामा समेत प्रस्तुत गरिनु, उदाहरणसहित विषयवस्तुलाई प्रष्ट पारिनु, सरल नेपाली भाषामा व्याख्या रहनु, क्षयमास, रत्नधारणसम्बन्धी विषयवस्तुका साथै वास्तुसम्बद्ध विशेष उल्लेख रहनु पुस्तकका मुख्य विशेषता हुन् ।
पुस्तक डिमाइ साइजका ५६२ पृष्ठमा संरचित छ । काष्ठमण्डप पुस्तक स्टोरले प्रकाशनमा ल्याएको पुस्तकको मूल्य ६ सय रुपैयाँ राखिएको छ । यो पुस्तक बजारमा सर्वत्र उपलब्ध रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच