हेटौंडा । आफूहरुले काम गरेको भुक्तानी नपाएको भन्दै निर्माण व्यवसायीले शुक्रबार सडक डिभिजन कार्यालय हेटौंडामा तालाबन्दी गरेका छन् । निर्माण व्यवसायी संघ मकवानपुरको नेतृत्वमा पुगेका व्यवसायीले तालाबन्दी गरेका हुन् ।
संघका अध्यक्ष बालगोपाल कंडेलको नेतृत्वमा करिव २० जनाले ब्यानर सहित कार्यालयको मुल ढोकामा ताला लगाएका हुन् ।
अध्यक्ष कडेलले धर्ना कार्यक्रममा बोल्दै यसरी कार्यालयमा आएर धर्ना बस्नु र ताला लगाउनु रहर नभइ बाध्यता भएको बताउँदै आफ्नो घरखेत बैंकमा राखेर लगानी गरी निर्माण गरेका काम सम्पन्न भईसकेपछि पनि भुक्तानी नभएको बताउनुभयो ।
निर्माण व्यवसायीलाइ राज्यले पिडामा पारेको भन्दै यो भन्दा पनि सशक्त रुपमा सडकमै आन्दोलनमा उत्रन समेत पछि नपर्ने भन्दै आक्रोश पोख्नुभएको थियो ।
सडक विभागबाट धेरै रकम भुक्तानी हुन बाँकी भएकोले पहिलो चरणमा सडक डिभिजन कार्यालयमा ताला लगाईएको उहाँले बताउनुभयो ।
करिब २० करोड र स्थानिय तहहरुबाट १५ करोडसम्म भुक्तानी हुन बाँकी र पुलमा १२ करोड, बाटोमा १५ करोड र जिल्लाभरमा करिव ५० करोड रकम उठ्न बाँकी रहेको उहाँले बताउनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts