देशको राजनीतिमा सुधार ल्याउने, भ्रष्टाचारको अन्त्य गर्ने, आर्थिक अनुशासन एवं पारदर्शिता कायम गर्ने सुशासन ल्याउने, नैतिक मूल्य–मान्यता एवं इमानदारीताको राजनीति गर्ने र पार्टीभित्र लोकतान्त्रिक वातावरणको निर्माण गर्ने घोषित प्रतिबद्धता विपरीत राष्ट्रिय स्वतन्त्र पार्टी अब उपरोक्त सबै शब्दहरूको परिभाषा आफ्नो अनुकूलता बमोजिम गरिरहेको छ । वैकल्पिक राजनीतिको सम्भावना बोकेर उदाएको यो पार्टी आफ्नो स्थापनाको दोस्रो वर्षमै अस्तित्व रक्षासँग सम्बन्धित प्रश्नहरूको सामना गरिरहेको छ । आफ्नै पार्टीका महामन्त्रीले आफ्नै पार्टीका सांसदहरूसँग प्रत्यक्ष संवाद गरेर तयार पारेको प्रतिवेदन र त्यसमा समावेश प्रश्नहरूको उत्तरबाट पन्छिएर रास्वपाले उल्टै महामन्त्रीलाई नै पार्टीबाट निलम्बन गर्नुको अर्थ रास्वपा पनि देशका अन्य राजनीतिक दलहरू जस्तै केवल साहु–महाजनको पसलमात्रै हो, अरूहरू पार्टीमा काम गर्ने नोकर अथवा कर्मचारीमात्रै हुन् ।
मालिक–दास सम्बन्धमा विश्वास गर्नेहरूमात्रै पार्टी राजनीतिमा अटाउने भए । रास्वपाका महामन्त्री मुकुल ढकालले आपूm घाइते भए पनि बल गोल पोष्टमै हिर्काएका छन् र रास्वपा पनि विवेकशील साझा पार्टी त बन्ने होइन भन्ने आशंकालाई झन् बलियो बनाएका छ । रास्वपा महामन्त्रीको निलम्बन रास्वपाको अन्त्यको सुरुवात हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले नेपालको वर्तमान राजनीतिकमा देखिएका विकृति, विसंगति र कमीकमजोरीतिर औंला डोहो¥याउँदै आफूलाई एकमात्र योग्य र सक्षम राजनीतिक विकल्पको रूपमा प्रस्तुत गरेपछि मात्रै जनताले पत्याएका थिए । अरू सबै चोर र भ्रष्ट छन् । अहिलेका नेताहरूको काम नै छैन भनेर उनी राजनीतिमा आएका थिए तर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वकै सरकारमा उनी दुई–दुईपटक सहभागी भए त्यो पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बलियो सिफारिशमा मात्रै गृहमन्त्रालय हात पारेका थिए । पहिलो पटक उनी गृहमन्त्री बन्दा दुई देशको नागरिकता र पासपोर्ट राखेको आरोपमा पद त्याग गर्नुपरेको थियो ।
विना कुनै त्याग, समर्पण, बलिदान, आन्दोलन र गिरफ्तारी र जनतामा लगानी रवि लामिछानेलाई नेपाली जनताले समर्थन दिए । संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र देशमा स्थापित भइसकेपछि राजनीतिमा आउनु भनेको सर्टकट बाटोबाट सबैथोक हासिल गर्नु हो ।
अब अहिले आएर सहकारी बैंकबाट पैसाको लेनदेन भएको विषयमा उनले आफ्नो स्थिति प्रष्ट नपारेका कारण, उनको विरोध भइरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार अल्पमतमा आइसकेले ढलिसकेको छ । अरू सबै चोर, भ्रष्ट र बेइमान छन् भन्दै रवि लामिछाने राजनीतिमा आएका थिए तर उनले पनि आपूmलाई फरक सावित गर्न सकेनन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक आस्था के हो ? यो पार्टी लोकतन्त्रमाथि विश्वास राख्दछ साम्यवादलाई मान्दछ ? यसको आर्थिक र सामाजिक नीति के हो ? संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रका बारेमा यसको के धारणा छ ? महोत्तरीमा पार्टीको बैठक राख्दा संघीयतालाई बलियो बनाउने निर्णय गर्नु र काठमाडौं आएपछि संघीयताको औचित्यमाथि प्रश्न उठाउनुले उनको विश्वसनीयतामाथि प्रश्नचिहृन खडा गर्दछ ।
विना कुनै त्याग, समर्पण, बलिदान, आन्दोलन र गिरफतारी र जनतामा लगानी रवि लामिछानेलाई नेपाली जनताले समर्थन दिए । संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र देशमा स्थापित भइसकेपछि राजनीतिमा आउनु भनेको सर्टकट बाटोबाट सबैथोक हासिल गर्नु हो । तराई मधेसमा सिके राउत र राष्ट्रिय स्तरमा रवि लामिछाने विनापरिश्रम सत्तासम्म पुगेका छन् । दुवैको सैद्धान्तिक र वैचारिक धरातल छैन । दोहोरो अर्थ लाग्ने खालको शब्दमार्फत देश र जनतालाई भ्रममा पार्नु र आफ्नो राजनीतिक अभिष्ट हासिल गर्नु नै उपरोक्त दुवै पार्टीको लक्ष्य देखिन्छ ।
नेपालको राजनीतिमा विकृति छ, सबै नेताहरू भ्रष्ट भए, यिनीहरू कुर्सी र पदविना बाँच्न सक्दैनन देशमा यस्ता राजनीतिक दलहरको काम नै छन् भन्ने दाबी गर्ने नयाँ–नयाँ दलहरू पनि सत्ताका लागि नै जन्मिएका छन् भने प्रष्ट भएको छ । आफैंले भ्रष्ट, नालायक जनविरोधी र असफल सावित गरेका नेता र दलको नेतृत्वमा काम गर्न जसरी रास्वपा व्यग्र देखिन्छ त्यसले त उसलाई झन् बढी सत्तालोलुप सावित गर्दछ र नयाँ दलहरूको औचित्यमाथि नै प्रश्नचिहृन खडा गर्दछ । रास्वपाको सिद्धान्त, कार्यशैली, प्रतिबद्धता र व्यवहारमा देखिएको अन्तरलाई नै पार्टी महामन्त्रीले उठाएका थिए तर कथित पढे लेखेका इमानदार र स्वच्छ छवि भएका पार्टीमा उनी एक्लिए, उनको पक्षमा बोल्ने एकजना पनि थिएनन् ।
रास्वपामा भएको यो रक्तहीन कोतपर्वको शिकार आज एकजना भएका छन्, भोलि पालो अर्काको छ । रास्वपा पनि विवेकशील साझा पार्टी झैँ अल्पायुमै सकिने त होइन ? भन्ने आशंका बढ्दै गएको छ ।
भारतको दिल्लीमा आमआदमी पार्टीको गठन हुँदा कुमार विश्वास, शान्ति भूषण, प्रान्त भूषण, योगेन्द्र यादव, प्रो.आनन्द कुमार, रामदास कपिल मिश्रहरू पनि सुरुमा यस्तै लागेको थियो कि अरविन्द केजरीवाल त सत्य एवं इमानदारीका प्रतीक हुन् तर जब आलो–पालो गरी सबै सिद्धान्तवादी अनुहारहरू दूधबाट झिँगा फालिए झँै फालिँदै गए अन्त्यमा मात्रै थाहा भयो कि यस नेताको भनाइ र गराइमा तारतम्य छैन । रास्वपामा पनि भोलि–पर्सि निलम्बनको पालो अन्य नेताको पालो पनि अवश्य नै आउँनेछ । राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका नयाँ दलहरू स्वयं पनि कतिपय कुरामा प्रष्ट छैनन् । खासगरीकन धर्मको सवालमा के सोचेका छन् ? नेपालको संविधान २०७२ को बारेमा के धारणा छ ? कि पदमा पुगेर धनसम्पत्ति कमाउनु थियो त्यस कारण राजनीतिमा आएका हुन् ।
रवि लामिछाने यदि व्यक्तिका विरोधी हुन् भने तिनै भ्रष्ट व्यक्तिहरूसँग मिलेर सरकारमा किन बसेका छन् । सरकारमा किन गएका थिए ? यदि उनी व्यवस्थाका विरोधी हुन् भने उनले ल्याउन खोजेको शासन व्यवस्था कस्तो हो ? यसको मार्गचित्र किन प्रस्तुत गर्न सकेनन् ? वैचारिक र ऐतिहासिक आधार नभएका निश्चित समय अवधिको निश्चित मनोविज्ञानका आधारमा उदाएका दलले मतदाताको भावना र जनादेशलाई सम्मान गर्न सकेनन् भने त्यस्ता दलको पतन हुन पनि बेर लाग्दैन ।
राजनीतिक सिद्धान्त, संगठन, पृष्ठभूमिसहितको नेतृत्व, वैकल्पिक नीति र कार्यक्रमविना कुनै पनि राजनीतिक संगठन धेरै लामो समयसम्म राजनीतिमा टिकाउ रहन सक्दैन । केही जल्दा–बल्दा समस्या अथवा तत्कालीन परिस्थितिका कारण उत्पन्न जनताको आक्रोशलाई एकत्रित गरेर आन्दोलनको आँधीबेरी खडा गर्न सकिन्छ, त्यस आन्दोलनमार्फत देशका स्थापित राजनीतिक शक्तिहरूलाई पनि केही समयका निम्ति कमजोर बनाउन सकिन्छ । एक–दुईवटा चुनावमा राम्रो प्रदर्शन पनि गर्न सकिन्छ तर त्यसको दीर्घकालीन असर हुँदैन । उल्कापात झैँ चम्किएर आउने दलहरू राजनीतिक सिद्धान्तको अभावमा उल्कापात झैँ नै विलिन हुन पनि बेर लाग्दैन । भ्रष्टाचारविरोधी नाराको जगमा मात्रै कुनै राजनीतिक दल लामो समयसम्म टिकाउ रहन सक्दैन ।
दुई दशकदेखि नेपालका राजनीतिक दलहरूमा विचार–विमर्श र छलफलको संस्कृति हराएको छ । नेतृत्वको कार्यशैलीको विरोधलाई अनुशासन हिनता मानिन्छ । पार्टीमा देखिएको कमीकमजोरी र विकृतिमाथि ध्यान आकृष्ट गराउनुको अर्थ पार्टीविरोधी गतिविधिमा सामेल हुनु हो । चाटुकारितालाई अनुशासन मान्ने परम्परा विकसित भएको छ । चाटुकारहरूबाट घेरिएका नेता दुर्योधनमात्रै बन्न सक्दछन् र त्यसमा मौन समर्थन गर्नेहरू अथवा मौन बस्नेहरू आफ्नो दलीय हस्तिनापुरको पतनको साक्षीमात्रै सावित हुन सक्दछ ।
कुनै पनि राजनीतिक दलमा स्वविवेकले काम गर्नेको निम्ति ठाउँ छैन । आत्मसम्मान, स्वाभिमान, राष्ट्रप्रेम र देशको विकास जस्ता मुद्दालाई घरभित्रकै आलमरीमा ताल्चा लगाएर पार्टीको बैठकमा प्रवेश गर्ने अवस्था छ । रास्वपामा भएको यो रक्तहीन कोतपर्वको शिकार आज एकजना भएका छन्, भोलि पालो अर्काको छ । रास्वपा पनि विवेकशील साझा पार्टी झैँ अल्पायुमै सकिने त होइन ? भन्ने आशंका बढ्दै गएको छ ।
राजनीतिमा प्रवेश गर्नुअघि रवि लामिछाने टेलिभिजनकर्मी तथा कार्यक्रम प्रस्तोतामात्र थिए । आफैं टेलिभिजनकने मालिक बन्दै ग्यालेक्सी नामको टेलिभिजन सञ्चालनमा ल्याए । सो टेलिभिजन सञ्चालन गर्ने क्रममा उनले सहकारीको रकम गैरकानुनी रूपमा प्रयोग गरेको आरोप लागेको छ उनै तालुकदार मन्त्रालयको मन्त्री छन् । ग्यालेक्सी टिभीका सञ्चालकले गैरकानुनी रूपमा सहकारीहरूबाट रकम निकासा गरी लगानी गरेको भनी सबै सञ्चारमाध्यममा उनको विषयमा प्रमाणसहित समाचार प्रसारण भइरहेका छन् ।

विशेषगरी लामिछानेले अपचलन गरेका सहकारीहरुमध्ये पोखराको सूर्यदर्शन सहकारी र बुटवलको सुप्रिम सहकारीबाट करोडौं रुपैयाँ ग्यालेक्सी टेलिभिजनको सञ्चालक गोर्खा मिडिया नेटवर्कमा गैरकानुनी रूपमा लगानी भएको आरोप उनै लाग्दै आएको छ । लामिछाने उक्त टेलिभिजनमा प्रबन्ध निर्देशक ‘गोल्डन शेयर’ लिएको यसअघि स्वीकार उनैले स्वीकार गरिसकेका छन् । लामिछानेकै नाममा ऋण जारी भएका समाचार आए पनि उनले आफ्नो नाम अरू कसैले राखिदिएको हुनसक्ने र त्यो ऋण आफूले नलिएको दाबी गर्दै गृह मन्त्रालय चलाइरहेका छन् । के नैतिकता र के इमादारीता छ गृह मन्त्री लामिछानेसँग ।






