विदुर नगरपालिकाद्वारा ‘मेयर छात्रवृत्ति’ वितरण

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 5 mins

नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाले जेहेन्दार, गरिब तथा विपन्न विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययनको लागि पूर्ण छात्रवृत्ति उपलब्ध गराएको छ ।

नगरको नीति तथा कार्यक्रम एंव बजेटमा उल्लेख भए अनुसार ‘मेयर छात्रवृत्ति’ कार्यक्रममार्फत १५ जना विद्यार्थीलाई प्राविधिक विषय अध्ययनको लागि आवश्यक सबै शुल्क छात्रवृत्तिस्वरुप उपलब्ध गराएको हो । तोकिएको कार्यविधिअनुसार हाल १५ जनाले पूर्ण छात्रवृत्तिमा पशु विज्ञान र बाली विज्ञान अध्ययन गरिरहेको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार ‘नगरका जेहेन्दार तथा गरिब स्थानीय बासिन्दा विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययन छात्रवृत्ति प्रदान गर्ने’ सम्बन्धी कार्यविधि-२०७७ अनुसार छात्रवृत्ति रकम प्रदान गरिएको छ । उक्त कार्यक्रममार्फत अध्ययनरत तह अवधिभर लाग्ने सम्पूर्ण शुल्क नगरपालिकाले उपलब्ध गराउने विद्यार्थीसँग प्रतिवद्धता सम्झौता गरिएको छ ।

“नगरले उपलब्ध गराएको छात्रवृत्तिले विद्यार्थीलाई शुल्क तिर्नुपर्ने आर्थिक दायित्व हट्दै अध्ययनमा हौसला मिलेको छ”, नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “उत्पादित जनशक्तिले एक वर्ष पालिकामा नै सेवा गर्नुपर्न शर्तले पालिकाले आफ्नै लगानीमा उत्पादित जनशक्ति प्राप्त गर्नेछ । विद्यार्थीलाई अध्ययनपश्चात् रोजगारको सुनिश्चित भएको छ ।”

ADVERTISEMENT

छात्रवृत्ति प्राप्त गरेका सबै विद्यार्थीले तीनवर्षे डिप्लो तहको अध्ययन विदुर-१ ढुङ्गेमा रहेको पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयबाट गरिरहेका छन् । उक्त शिक्षालयमा अध्ययनको लागि लाग्ने सम्पूर्ण शुल्कसरह हुन आउने रकम नगरपालिकाले छात्रवृत्तिमार्फत उपलब्ध गराएको उपप्रमुख प्रभा बोगटीले जानकारी दिनुभयो ।

उहाँको अनुसार यो शैक्षिक सत्रमा उक्त शिक्षालयका पहिलो ब्याजका छ जना विद्यार्थीलाई दोस्रो र तेस्रो शैक्षिक सत्रको शुल्कबापत रु तीन लाख ३० हजार र दोस्रो ब्याजका नौ जना विद्यार्थीलाई पहिलो र दोस्रो शैक्षिक सत्रको शुल्कबापत रु तीन लाख ७८ हजार प्रदान गरिएको छ ।

“जेहेन्दार तथा गरिब विद्यार्थीलाई शिक्षा प्रदान गर्न र त्यसमा पनि प्राविधिक शिक्षामा पहुँच बढाउन उक्त कार्यक्रम निकै प्रभावकारी भएको छ ।” उपप्रमुख बोगटीले भन्नुभयो, “नगरपालिकाको छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीले अध्ययन पूरा गरेपछि नगरपालिकाले खटाएको स्थानमा पाँचाैँ तहको कर्मचारीले पाउने सुरु तलब स्केलमा सेवा गर्ने प्रतिवद्ध गरिएको हुँदा पालिकाले दक्ष जनशक्ति पाउने छ ।”

विदुर नगरपालिकाले ‘मेयर छात्रवृत्ति’ कार्यक्रममार्फत प्राविधिक विषयमा तीनवर्षे डिप्लोमा तह र प्राविधिक उच्च शिक्षाअन्तर्गत चिकित्सक, इञ्जिनियर, पशु चिकित्सक, वनविज्ञान अध्ययनको लागिसमेत पूर्ण छात्रवृत्ति उपलब्ध गराउने जनाएको छ । तोकिएको कार्यविधिअनुसार उच्च प्राविधिक शिक्षा अध्ययनको लागि भने छात्रवृत्ति माग नआएको जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?