
काठमाडौं । क्यानडाको ब्राम्पटन शहरको केन विलिएम्स स्क्वाएरमा पहिलोपटक ‘नेपाल फेष्टिभल २०२४’ सम्पन्न भएको छ । शेल्टो मोर्टगेज क्यानडा र लिआम फुड क्यानाडाको मुख्य प्रायोजनमा सम्पन्न एक दिने महोत्सवमा पाँच हजारभन्दा बढी नेपाली सहभागी भएको जनाइएको छ । महोत्सवमा सहभागीले नेपाली गीतसंगीत, नेपाली भेषभूषा, हस्तकलाका सामग्री, नेपाली खानाका परिकार रुचाएको सांस्कृतिक विभाग प्रमुख जीआर भण्डारीले जानकारी दिनुभयो ।
लालीगुराँस स्पोर्ट्स एण्ड कल्चरल क्लबको प्रस्तुतिमा भएको फेष्टिभलमा निःशुल्क प्रवेश रहेको थियो । महोत्सवमा नेवार, गुरुङ, तामाङ, शेर्पा, थारू, मधेसीलगायतका विभिन्न समुदायको झाँकीसहित लाखे नृत्य प्रस्तुत गरिएको थियो । गायक हिमाल सागरसँगै कलाकारहरू देविका केसी, मानसिंह खड्का, हिमालयन भाइव्स ब्याण्डसहित अन्य थुप्रै स्थानीय कलाकारले आफ्नो प्रस्तुतिमार्फत महोत्सवमा सहभागी भएकालाई नचाएका थिए । गायक हिमाल सागरले महोत्सवमा आफ्ना चर्चित गीत गाउनुभएको थियो । उहाँले क्यानडामा रहेका नेपाली माँझ प्रस्तुति दिन पाउँदा छुट्टै अनुभूति भएको बताउनुभयो ।
लालीगुराँस स्पोर्ट्स एण्ड कल्चरल क्लबका क्रिजल अधिकारीको सभापतित्वमा सम्पन्न महोत्सवमा क्यानडाका लागि नेपाली राजदूत भरतराज पौडेल प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो । क्लबका महासचिव विर्ख खड्काले स्वागत मन्तव्य राख्नुभएको महोत्सवको कार्यक्रममा ब्राम्पटन साउथ एमपी सोनिया सिद्धु, ब्राम्पटनका मेयर प्याट्रिक ब्राउन, ब्राम्पटनका काउन्सुलर रड पावर, एनआरएन् क्यानडाका उपाध्यक्ष किरोज श्रेष्ठलगायतका विशिष्ट व्यक्तिको उपस्थिति थियो ।
क्यानडामा रहेका सम्पूर्ण नेपाली संघसंस्थाको सहकार्यमा सम्पन्न महोत्सवले नेपाली कला र संस्कृतिको प्रवद्र्धन गर्नुका साथै नेपालीबीच सामिप्यता बढाउन सफल भएको आयोजकले बताएका छन् । महोत्सवमा औपचारिक कार्यक्रम क्लबका प्रवक्ता भूमिराज घिमिरे र सांस्कृतिक कार्यक्रम जीआर भण्डारीले सञ्चालन गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच