
वासिंटन डिसी । रूससँगको भारतको सम्बन्धले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमा द्वन्द्व अन्त्य गर्न आग्रह गर्ने क्षमता दिएको हृवाइट हाउसले जनाएको छ । युक्रेन द्वन्द्वको समाधान युद्धभूमिमा नभई वार्तामा निहित रहेको भन्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति पुटिनलाई युद्ध अन्त्य गर्न आग्रह गर्नुभएको हो ।
हृवाइट हाउसका सञ्चार सचिव करिन जिन पियरेले भारतलाई अमेरिकाको ‘रणनीतिक साझेदार’ बताउँदै उहाँले युक्रेनमा स्थायी शान्ति कायम गर्ने प्रयासलाई भारतसहित सबै राष्ट्रले समर्थन गर्नु महत्वपूर्ण रहेको बताउनुभयो । ‘रूससँगको भारतको लामो समयदेखि रहँदै आएको सम्बन्धले राष्ट्रपति पुटिनलाई युक्रेनमा युद्धको अन्त्य गर्न आग्रह गर्ने क्षमता दिएको छ’, उहाँले बताउनुभयो ।
‘हाम्रो आउँदो पुस्ताको उज्ज्वल भविष्यका लागि शान्ति सबैभन्दा महत्वपूर्ण छ भन्ने एक मित्रको रूपमा मैले सधैं भन्ने गरेको छु । युद्धभूमिमा समाधान सम्भव छैन अर्थात् बम, बन्दुक र गोलीको बिचमा समाधान र शान्ति वार्ता सफल हुँदैन । हामीले वार्ताको माध्यमबाट मात्र शान्तिको मार्गनुसरण गर्नुपर्नेछ’, बैठकमा प्रधानमन्त्री मोदीले बताउनुभयो ।
सन् २०२२ मा मस्को र किएभबीच युद्ध सुरु भएपछि प्रधानमन्त्री मोदीको यो पहिलो रूस भ्रमण हो । भारतले युक्रेन र रूसबिचको द्वन्द्व समाधानका लागि सधैं ‘शान्ति र कूटनीति’ को वकालत गरेको छ । यसअघि मंगलबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले प्रधानमन्त्री नरेन्द्र मोदीको रुस भ्रमणप्रति निराशा व्यक्त गर्दै यसलाई ‘शान्ति प्रयासमा विनाशकारी प्रहार’ भन्नुभएको थियो ।
प्रधानमन्त्री मोदी जुलाई ८ देखि ९ मा रूसको दुईदिने आधिकारिक भ्रमणमा रहनुभएको थियो । आफ्नो भ्रमणको क्रममा उहाँले मंगलबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग द्विपक्षीय बैठक गर्नुभएको हो । प्रधानमन्त्री मोदीले मस्कोमा भारतीय समुदायलाई पनि सम्बोधन गर्नुभएको छ ।
आफ्नो सेनामा भएका भारतीयलाई फिर्ता हुन अनुमति दिने
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको रुस भ्रमणको क्रममा आफ्नो सेनामा भर्ना भएका भारतीयलाई स्वदेश फर्काउन रुसले सहमति जनाएको छ । भारतको विदेश मन्त्रालयले यसको जानकारी दिएको हो । यो घोषणा भारतीय प्रधानमन्त्रीको मस्को भ्रमणको अन्त्यमा जानकारी दिइएको हो । भ्रमणका क्रममा मोदीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसमक्ष सो मुद्दा उठाएको जनाइएको छ ।
भारतले उनीहरूलाई लडाइँका लागि नभई अलग युनिटमा काम गराइने भनिएकोमा पछि युक्रेनसँगको लडाइँमा लगिएको जनाएको बताइएको छ । युक्रेन युद्धमा अहिलेसम्म कम्तीमा चार भारतीय मारिएको जनाइएको छ । मंगलबार एक पत्रकार सम्मेलनमा भारतका विदेश सचिव विनय क्वात्राले त्यसबारेमा रुसी पक्षसँग कुरा उठाइएको जनाउनुभएको थियो । उनीहरूलाई झुक्याएर सेनामा भर्ना गरेर लडाइँमा लगिएको उहाँको तर्क थियो ।
उहाँका अनुसार रुसी सेनामा करिब ४० भारतीय रहेकोमा १० जनालाई फिर्ता ल्याइसकिएको छ । बाँकीलाई ल्याउन कुराकानी भइरहेको छ । रुसको सेनामा भर्ना भएका भारतीयलाई राम्रो पैसा दिने र रुसी पासपोर्ट दिइने प्रलोभन दिइएको बताइएको छ । त्यहाँ भर्ती भएका धेरैजसो गरिब परिवारका भएको र उनीहरूलाई रुसी सेनाको हेल्परको रूपमा काम लगाइने भनिएको थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच