
जुम्ला । जुम्लाको पर्यटकीय स्थल गुठीचौरमा पहिलोपटक प्याराग्लाइडिङ उडानको सफल परीक्षण गरिएको छ । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बुधबार गुठीचौर गाउँपालिकाले पोखरामा प्याराग्लाइडिङ गर्दै आएका बाबु एडभान्चर ग्रुपका मोहन सुनुवार, सानुबाबु सुनुवार, राजकुमार सुनुवार, निर्गम सुनुवार र निर्मल सुनुवारको टिमले गुठीचौरमा प्याराग्लाइडिङ परीक्षण उडान गरेको गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले बताउनुभयो ।
पालिका अध्यक्ष बुढा, प्रमुख प्रशासकीय अधिकृत धु्रवराज गिरी, योेजना शाखा प्रमुख धर्मराज धितालले प्याराग्लाइडिङमा चढेर परीक्षण उडान गर्नुभएको थियो । अध्यक्ष बुढाले भन्नुभयो, ‘परीक्षण उडान सफल भएको छ । अब दुईजना प्याराग्लाइडिङ पाइलट राखेर गाउँपालिकाले नियमित उडान गर्नेछ ।’ पर्यटन प्रवद्र्वनका लागि गाउँपालिकाले गुरूयोजना बनाई कार्यान्वयन गर्ने अध्यक्ष बुढाको भनाइ छ ।
स्थानीय टेकबहादुर भण्डारीले गुठीचौरमा पहिलोपटक आकाशमा प्याराग्लाइडिङ उडेको देख्न पाउँदा आफूलगायत यहाँका स्थानीय निकै खुसी भएको बताउनुभयो । पर्यटन क्षेत्रको विकासका लागि गुठीचौरमा नियमित रूपमा प्याराग्लाइडिङ उडान गरिने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत धु्रवराज गिरीले बताउनुभयो ।
अब व्यावसायिक रूपमा प्याराग्लाइडिङ उडान सुरु गर्न लागिएको गुठीचौर गाउँपालिकाले जनाएको छ । यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि नियमित प्याराग्लाइडिङ उडान गर्न यहाँका उत्साहित युवालाई यससम्बन्धी विशेष तालिमको व्यवस्था पालिकाले गर्ने प्रमुख प्रशासकीय अधिकृत गिरीले बताउनुभयो ।
व्यावसायिक उडान सुरु भएपछि यसमा रमाउने यहाँका स्थानीय बासिन्दा यसप्रति आकर्षित हुने विश्वास लिइएको गुठीचौर गाउँपालिकाले जनाएको छ । प्याराग्लाइडिङ सञ्चालनका लागि आवश्यक सचेतना र उपकरणको जाँच गरेर उडान हुने भएको छ । सुरक्षित उडानका लागि प्याराग्लाइडिङ उपकरणका सम्पूर्ण जाँच, स्वास्थ्य मापदण्डलगायतका विषयमा प्यारा पाइलट र व्यवसाय सञ्चालकलाई सचेतनाका कार्यक्रम सञ्चालन गरिने गुठीचौर गाउँपालिकाले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच