झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यो बेला प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग्नुको कुनै अर्थ नरहेको बताउनु भएको छ । उहाँले संवैधानिक व्यवस्था अनुरुप नै प्रधानमन्त्री दाहालले सरकार छाड्ने विश्वाससमेत व्यक्त गर्नुभयो।
'अहिले प्रधानमन्त्री दाहालको राजीनामा माग्ने उपयुक्त होइन,यस्तो गर्नुको राजनीतिक अर्थ पनि हुँदैन 'आफ्नो निर्वाचन क्षेत्रको काँकडभिट्टामा बुधबार आयोजित कार्यक्रममा महामन्त्री शर्माले भन्नुभयो,'संविधानमा भएको व्यवस्था र प्रक्रिया अनुसार नै प्रधानमन्त्री दाहालले सरकार छाड्नु हुन्छ ।' उहाँले केही दिन भित्रै एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने दाबीसमेत गर्नुभयो ।
महामन्त्री शर्माले देशका दुई ठूला दल कांग्रेस र एमाले एक ठाउँमा उभिएको तर आफूहरू मिलेर अन्य दललाई पेल्ने सोचमा नरहेको स्पष्ट पार्नुभयो । उहाँले पेल्ने कुरा नसोच्न नेकपा माओवादी केन्द्र लगायत अन्य दललाई आग्रहसमेत गर्नुभयो ।
'हिजोका सहयात्री र लोकतन्त्रका लागि आन्दोलन गरेका दललाई पेल्ने कुरा आशंका मात्रै हो' उहाँले भन्नुभयो,'अन्य दलको अस्तित्व सकिने पो हो भन्ने लागेको छ भने त्यो पनि त्याग्नुस्, कुनै हालतमा यस्तो हुँदैन ।' उहाँले सबै दललाई साथमा राखेर कांग्रेस अघि बढ्ने बताउनुभयो ।
कांग्रेस र एमाले बीच आलोपलो सरकार चलाउने सातबुँदे सहमति भएको शर्माको स्पष्टोक्ती छ । उहाँले भन्नुभयो,ू सहमतिपत्रको एकप्रति एमाले अध्यक्ष ओली र अर्को प्रति कांग्रेस सभापति शेरबहादुर देउवाले बोक्नु भएको छ ।ू कांग्रेस र एमाले बीच भएको सहमति औपचारिक रूपमा बाहिर नआएको चर्चा चलिरहेको बेला महामन्त्री शर्माको यस्तो भनाई सार्वजनिक भएको हो ।
एमाले नेतृत्वको सरकारलाई जस्तोसुकै संकट पर्दा पनि कांग्रेसले साथ दिने उहाँले बताउनुभयो । अब बन्ने ओली नेतृत्वको सरकारलाई असफल हुने छुट नभएको उहाँको तर्क छ । सरकारमा रहेपनि कांग्रेसले निरन्तर सरकारको खबरदारी गरिरहने उहाँले स्पष्ट पार्नुभयो। दुई ठूला दलले शासन गर्दा प्रतिपक्षको भूमिका कमजोर हुने कुराको कुनै गुञ्जायस नभएको उहाँको टिप्पणी छ ।
'सरकारको स्थायित्व र अर्थतन्त्रलाई मजबुत बनाउन ठूला दुई दल एक ठाउँमा उभिएका हुन्' महामन्त्री शर्माले भन्नुभयो,'सिंहदरबारको सरकार कतिखेर लड्छ, कतिपटक विश्वासको मत लिनुपर्ने हो, कुनै टुङ्गो भएन संघीय सरकारको स्थिरताका लागि अहिलेको समीकरण भएको हो ।'
महामन्त्री शर्माले झापा मेचीनगर नगरपालिका ५ सिर्जनाचोकमा ४५० घनमिटरको ओभरहेड पानी ट्याँकीको शिलान्यास भएको छ । १० करोड ४८ लाख १९ हजार ४७७ रुपैयाँको लागतमा सो योजना बन्ने छ । योजना २०२६ डिसेम्बरमा सक्नु पर्ने सम्झौतामा छ ।
ग्लोबल दिपेश जेभी काटेश्वरले ठेक्का आएको सो योजनामा एक करोड ३१ लाख रुपैयाँ काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले १ करोड ३१ लाख र संघीय सरकारले ९ करोड १७ लाख १७ हजार बेहोर्ने छन् ।
उक्त रकमबाट ४५० घनमिटर र अर्को २२५ घनमिटरको ओभरहेड ट्याँकी, चारवटा वोरिङ, दुईवटा जेनेरेटर, दुईवटा ट्रान्सफर्मर, टिटमेन्ट प्रणाली, ३५ किलो मिटर पाएप लाईन बिस्तार, कार्यालय भवन निर्माण गरिने काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष रोहित कुमार बुढाथोकी बताउनुभयो।
शिलान्यास कार्यक्रममा संविधानसभा सदस्य रवीन कोइराला, कांग्रेस झापा उपसभापति केशवराज पाण्डे, झापा १ का सभापति इन्द्रबहादुर बुढाथोकी, नेकपा एमाले मेचीनगर कमिटी अध्यक्ष राजु कार्की, नेकपा माओवादी केन्द्र मेचीनगर अध्यक्ष राजन चिमरिया मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेलले बोल्नु भएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts