हेटौंडा । मकवानपुरको मकवानपुरगढीमा बिजुलीको पोलमा करेन्ट लागि एक पुरुषको मृत्यु भएको छ।
मकवानपुर मकवानपुरगढी गाउँपालिका–८ ईपाखहरे स्थित राम बहादुर घिसिङको बारीमा बस्ने स्थानीय ३७ वर्षीय दिक्पाल स्याङ्तान बिजुलीको पोलमा करेन्ट लागि मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मंगलबार १८स्३० बजेको समयमा स्याङ्तान बिजुलीको पोलमा करेन्ट लागि मृत्यु भएको हो।
ईलाका प्रहरी कार्यालय भिमफेदीबाट नजिक पर्ने भएकोले थप अनुसन्धान तथा घटनास्थल मुचुल्काको लागी प्रहरी निरीक्षक टोली खटी गएको र लास पोस्टमार्टमको लागी हेटौडा अस्पताल ल्याइएको जानकारी दिइएको छ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts