काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । यस अघि मंगलबार बस्ने भनिएको बैठक स्थगित भएको बैठक आज बस्न लागेको हो । आज बैठक बिहान ११ बजे बस्ने भएको छ ।
एमाले सचिवालय बैठकले २०८१ को कार्ययोजना स्वीकृत गर्ने तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
कांग्रेस र एमालेबीच सरकारको आलोपालो नेतृत्व, संविधान संशोधनलगायतका विषयमा समझदारी भएको छ । यही असार १७ गते भएको उक्त सहमति र भावी रणनीतिका विषयमा पनि बैठकमा छलफल हुनेछ ।
यस्तै, बैठकमा पार्टीको २०८१ सालको कार्ययोजनाका विषयमा पनि छलफल गर्ने तयारी रहेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । एमालेले २०८१ साललाई सङ्गठन शुद्धीकरण र सुदृढीकरण अभियानको रुपमा चलाउने यसअघि नै निर्णय गरिसकेको छ ।


बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा