काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बस्दै । मंगलबार बिहान बस्ने बैठकले निलम्बित महामन्त्री डामुकुल ढकालमाथिको कारबाहीबारे निर्णय लिने छ ।
पार्टीको विधानले कारबाहीसम्बन्धी निर्णय लिन केन्द्रीय समितिको बैठक अनिवार्य गरेको छ।ढकालमाथि छानबिन गरी अनुशासन आयोगले प्रतिवेदन तयार पारिसकेको छ।
उक्त प्रतिवेदन अनुशासन आयोगका प्रमुख डा भरत देवकोटाले सभापति रवि लामिछानेलाई बुझाइसकेका छन्।
प्रतिवेदनबारे आइतबार प्रारम्भिक छलफल भएको थियो। उक्त बैठकमा महामन्त्री ढकाललाई गर्न सकिने कारबाहीबारे पनि लगभग टुंगो लागिसकेको रास्वपा स्रोतले जनाएको छ।








Video News Post
Breaking News with Advertisements
Breaking news with related posts