काठमाडौं । नेपालमा साउथ एसियन ट्राभल अवार्ड्स (साटा) हुने भएको छ । साटाले साउथ एसिया क्षेत्रभरि आतिथ्य क्षेत्रमा उत्कृष्टतालाई मनाउँदै र सम्मान गर्दै आएको छ । सन् २०२४ का लागि भने कार्यक्रम नेपालमा हुने भएको हो ।
नेपाल पर्यटन बोर्ड र होटल संघको सहयोगमा आगामी साउन ४ गते काठमाडौंको मल्ल होटलमा अवार्ड कार्यक्रम आयोजना हुने संघका अध्यक्ष विनायक शाहले बताउनुभएको छ । असोज ४ मा अलफ्ट होटलमा अर्को चरणको कार्यक्रम हुने बताइएको छ । कार्यक्रमले आतिथ्य उत्कृष्टताको शिखर प्रदर्शन गर्दै दक्षिण एसियाली होस्टिङमा उत्कृष्ट उपलब्धिलार्ई मान्यता दिने र पुरस्कृत गर्ने आयोजकले जनाएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts