काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत भूमि व्यवस्थापन तथा अभिलेख विभागबीच अनलाइन प्रणालीमार्फत् धितो बन्धक रोक्का/रोक्का फुकुवा गर्ने सम्झौता भएको छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र विभागका महानिर्देशक कृष्णप्रसाद सापकोटाले हस्ताक्षर गर्नुभएको छ ।
नेपालले आफू मातहतका निकायलाई डिजिटाइजेसन गर्ने क्रममा लग्दै गएको र सो अन्तर्गत नै अनलाइनमार्फत् रोक्का/रोक्का फुकुवा गर्दा मालपोत कार्यालयमा धेरै भिडभाड नहुने र सेवाग्राहीले पनि सहज तथा सरल तरिकाले सेवा उपभोग गर्न पाउने विश्वास लिएको विभागका महानिर्देशक सापकोटाले बताउनुभएको छ ।
बैंकतर्फबाट कर्जा प्रशासन विभाग, मार्केटिङ विभागको समेत उपस्थिति रहेको थियो । सो अवसरमा विभागका कर्मचारी प्रशासन शाखाका निर्देशक हरिकृष्ण सुवेदी, मालपोत तथा भूमिसुधार शाखा (जग्गा प्रशासन) का निर्देशक तथा विभागका प्रवक्ता रोशनशंकर घिमिरे, योजना तथा अभिलेख शाखाका निर्देशक वेदप्रसाद अर्याल, भूसूचना प्रविधिका कम्प्युटर अधिकृत हरिशरण थापालगायतको उपस्थिति थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts