झापा । झापामा सोमबार एक बालकसहित दुईजनाको डुबेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापा गाउँपालिका २ का सडकवाडीको मुस्लिमबस्तीका रहमान आलमका अढाई वर्षका छोरा दिलसाद आलम र बाह्रदशी गाउँपालिका २ राजगढका ६५ वर्षीय मोहन राजवंशी हुन् ।
बालक घर नजिकैबाट खेल्ने क्रममा सानो माईखोलामा पुगेका थिए। राजवंशीको घरबाट केही अगाडिको पैनीमा डुबेर मृत्यु भएको झापा प्रहरीले जनाएको छ । राजवंशी घर फर्कने क्रममा लडेर पैनीमा परेको हुन सक्ने प्रहरीको अनुमान छ ।
राजवंशीले प्रयोग गरेको साइकल घटनास्थल नजिकै फेला परेको छ । दुबै शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।






