
स्याङ्जा । आँधीखोलामा आज एक स्कुटर र उक्त स्कुटरका चालकको शव फेला परेको छ । बिहान पुतलीबजारको मालेबगर नजिक आँधीखोलाको बिचमा स्कुटर अड्किएको अवस्थामा भेटिएको थियो भने स्कुटर चालकको खोजी भइरहेको थियो ।
मृत व्यक्ति स्याङ्जा जिल्ला भीरकोट नगरपालिका वडा नं - ४ छाङ्छाङ्दीका ४० वर्षीय सुरेश श्रेष्ठ रहेको प्रहरीले बताएको छ । उनको शव पुतलीबजार नगरपालिका वडा नं - १३ गौरीजाँगर स्थित आँधिखोलाको किनारमा आज दिउँसो फेला परेको हो ।
प्रदेश ३ ( ०२००९ प ०१९३ नम्बरको स्कुटरमा पुतलीबजार नगरपालिका -३ स्थित आफन्तलाई भेट्न आएका उनी आइतबार बेलुकीदेखि सम्पर्कविहीन थिए । उनी हराएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले नेपाली सेना र स्थानीयबासीको सहकार्यमा खोजी गर्ने क्रममा उनको शव फेला परेको बताइएको छ ।
अरौदी खोला तर्ने क्रममा स्कुटरसहित चालक बगेको हुनसक्ने अनुमान गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच