कांग्रेस-एमालेलाई रास्वपा सांसद झाको सुझाव : एकअर्कालाई विश्वास गर्नुस्

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले नेपाली कांग्रेस  र नेकपा(एमाले)का नेताहरुलाई एक अर्कालाई विश्वास गर्न सुझाव दिनुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद झाले प्रधानमन्त्रीको राजीनामा माग गरेर काँग्रेस-एमालेले संसदीय प्रणाली र संविधानमाथि नै अविश्वास गरेको बताउनु भयो ।

उहाँले प्रधानमन्त्रीले विश्वासको मत लिने समय प्रशस्त बाँकी छँदै २८ गते नै विश्वासको मत लिन चाहेको भएपनि काँग्रेस-एमाले डराएका बताउनु भयो । उहाँले विश्वासको मत लिन ४ दिन बाँकी रहेको उल्लेख गर्दै ४ दिनमा अर्को पल्टुराम जन्मेला भनेर नडराउन पनि आग्रह गर्नुभयो ।

ADVERTISEMENT

उहाँले भन्नुभयो - ‘संसदीय प्रणाली र संविधान बनाउने दलहरुकै संसदीय प्रणाली र संविधानप्रति किन त्यति अविश्वास ? किन यो प्रणालीले र संविधानले काम नर्गला र फेरी ४ दिनमा अर्को पल्टुराम जन्मेला भनेर डराउनुहुन्छ ? तपाईहरुकै संख्या छ । तपाईहरुकै बहुमत हुने सम्भावना छ भने ४ दिन कुर्नुस् न । एकअर्कालाई विश्वास गर्नुस् न । सहकर्म र सहयात्राको गाथा गाउनुहुन्छ भने विश्वास पनि गर्नुस् । किन ४ दिनको लागि डराउनुहुन्छ ? तपाईहरुले नै बनाएको संविधान र संसदीय प्रणालीमा लेखिएकै कुरा अभ्यास गरिदैछ । त्यो भन्दा बाहिर गएर अभ्यास गरिएको छैन । आशय गलत नहोला । किन तर्सिनु भएको ? नतर्सिनका लागि र पल्टुरामहरुलाई पनि विश्वास गरिदिनका लागि अनुरोध गर्दछु ।’

उहाँले व्यापारिको घरमा गएर देशको भविष्यको खाका कोर्नेहरुका पार्टीका सांसदले आफूहरुलाई नैतिकताको प्रश्न सोध्न नसुहाउने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज