मौसमी नाकाबन्दीमा कर्णालीबासी : हवाइसेवा र सडक यातायात दुबै अवरुद्द

निर्पेन्द्रबहादुर मल्ल
निर्पेन्द्रबहादुर मल्ल
Read Time = 6 mins

मुगु । सात दिन यता साविक कर्णाली अन्चलका ५ जिल्लाहरुमा नत सडक सुचारु छन् नत हवाइ सेवा नै सबै अवरुद्ध भएका छन् । लगातारको वर्षा र मौषममा आएको खरावीका कारण यहाँ रहेका ४ वटा विमान स्थलहरुमा हवाइ उडान अवरुद्ध भएका छन भने कर्णाली राजमार्ग र कर्णाली करिडोरको ठाउँ ठाउमा बाढी, पहिरोले सडकमा अवरोध गर्दा यातायातका साधनहरु चल्न सकेका छैनन् ।

सडक र हवाइ दुबै तिर अवरुद्द भएपछी अहिले साविकका कर्णालीबासीहरु एक किसिमको मौषमी नाकावन्दीमा परेका छन् । अत्यावश्यक काम विषेशले यि जिल्लाहरुबाट बाहिरिने र भित्रनेहरु समस्यामा परेका छ्न् । विकल्प नहुँदा कर्णालीबासीहरुका अत्यावश्यक काम छुटेका छन् ।

छायानाथ रारा नगरपालिका वडा न ११ का नौलासिग नेपाली आफु अत्यावश्यक कामले सुर्खेत जानू पर्ने भएपनी सडकमा गाडी र एअरपोर्टमा जहाज नचल्दा जान नसकेको बताउनु हुन्छ । यस्तै २२ गते सम्पन्न शिक्षक सेवा आयोगको परीक्षा दिन जान नपाएर धेरै जनाको परीक्षा छुटेको छ । छायानाथ रारा नगरपालिका वडा न १० तल्लेख गाउँका स्थानिय मोहन शाही गाडी र पेलेन नचलेकाले आफ्नो परीक्षा छुटेको सुनाउनु हुन्छ ।

परीक्षा मात्र होइन यातायातका कुनै साधन नचल्दा सुविधा सम्पन्न अस्पतालहरुमा उपचार गर्न जाने विरामी र कार्यालय कामले प्रदेश तथा संघीय राजधानी तिर जाने कर्मचारीहरु पनि जिल्ला मै रोकिनु परेको छ ।

वर्षा लागेपछि सडक अवरुद्द भै बजारमा दैनिक उपभोग्य सामान र निर्माणका सामान अभाव हुन्छ भन्दै व्यापारीहरुले मौजाद राख्नका लागि मगाएका सामान बोकेका मालवाहक गाडीहरु पनि विच बाटो मै रोकिएका मुगु उधोग बाणिज्य संघका अध्यक्ष कमल बहादुर बुढा बताउनु हुन्छ । उहाँ भन्नूहुन्छ यस्तै वर्षाले हवाइ देखि सडक अवरुद्ध लम्विने हो भने छिटै बजारमा दैनिक उपभोग्य वस्तुहरुको अभाव हुन सक्छ ।

ADVERTISEMENT

सडक डिभिजन कार्यालय जुम्लाका इन्जिनियर वीर बहादुर जिटिका अनुसार कर्णाली राजमार्गको कालिकोट खण्डमा पर्ने गगने खोला,एसमोड,झाम्ला खोला,दहि खोला,हुल्म र दैलेखको पातरखोला लगायतका दर्जन बढी स्थानमा पहिरो,बाढि र लेदो आउदा सडक अवरुद्ध हुँदै आएको छ ,यी स्थानमा सडक डिभिजन जुम्लाले अबरोध पन्छाउन स्काभेटर तयारी अबस्थामा राखेर छ । पहिरो र लेदो पन्छाउदै गयो पुन: पहिरो र लेदो आउने अनि नया ठाउहरुमा पहिरो खसी दिदा सडक घरी घरी अबरोध हुने र सडक डिभिजनले खुलाउने गर्दै आएको छ ।

सडक अवरुद्द भएपनी मौषममा सुधार भैदिएको भए हवाइ सेवा नियमित हुने थियो तर मौषममा सुधार नहुदा मुगुको रारा विमान स्थल,हुम्लाको सिमिकोट विमान स्थल,जुम्लाको जुम्ला विमान स्थल र डोल्पाको जुफाल विमान स्थलहरुमा एक साताबाट जहाजहरुले उडान भर्न सकिरहेका छैनन रारा नागरिक उड्डयन कार्यालय ताल्च मुगुका प्रमुख श्री कृष्ण रिजालले बताउनु हुन्छ ।

रारा नागरिक उड्डयन कार्यालय प्रमुख रिजालका अनुसार उडान बन्द भएपछि मुगु,जुम्ला,डोल्पा र हुम्लाबाट नेपालगन्ज, सुर्खेत, काठमाडौंतर्फ जाने यात्रु र नेपालगन्ज सुर्खेतबाट साविक कर्णालीका जिल्लाहरु तिर आउने यात्रु विमानस्थल मै रोकिनु पर्ने अवस्था उत्पन्न भएकाे छ भने आइतबारबाट माैसममा केहि सुधार आउला जस्तो छ हेरौ अब के हुन्छ् ।

सडक अवरुद्ध हुदा हवाइ सेवा र हवाइसेवा अवरुद्ध हुदा सडकमार्ग विकल्पका रुपमा कर्णालीबासीले प्रयोग गर्दै आएका थिए तर एक साताबाट स्थल र हवाइ दुबै सेवा अवरुद्ध भएपछी कर्णालीबासी उकुस मुकुसमा परेका छन भने विरामी लगायत अत्यावश्यक काम परेकाहरु भगवान भरोसामा रहेकाे स्थानिय कुशलराज मल्ल भन्नुहुन्छ ।

लगातारको वर्षाले राष्ट्रिय राजमार्ग र हवाइमार्ग मात्र अवरुद्ध भएका छैनन गाउँ गाउँबाट पालिका केन्द्र र जिल्ला सदरमुकामसम्म जोडने ग्रामीण सडकहरुमा पनि पहिरो र बाढी आइ क्षेतविक्षेत पारीदिँदा ग्रामिण सडकहरु पनि अवरुद्ध भएका छन् । स्थानियहरुलाई पालिका केन्द्रसम्म आवत जावत गर्न पनि समस्या भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?