काठमाडौं । निर्माणको चरणमा रहेको चलचित्र ‘माइली’ मा अभिनेत्री करिष्मा मानन्धर अनुबन्धित हुनुभएको छ । बाबुसाहेब बलामीको निर्देशन रहने चलचित्रमा करिष्मालाई अनुबन्धित गरिएको निर्माणपक्षले जनाएको छ । करिष्माको पोष्टरलुक पनि सार्वजनिक गरिएको छ । निर्देशक बलामीले सत्यघटनामा आधारित चलचित्रमा महिलाको पीडा देखाइने बताउनुभएको छ । असारको अन्तिमबाट छायांकन गरिने चलचित्रको छायांकन मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौं र दुबईमा हुनेछ ।
डेब्यु गर्दै घिमिरे
एक समय बाल गायिकाको रूपमा चर्चित कमला घिमिरे चलचित्र अभिनयमा देखिने हुनुभएको छ । उहाँले चलचित्र ‘माइली’बाट अभिनयमा डेब्यु गर्न लाग्नुभएको हो । चलचित्रमा उहाँको भूमिका अहिले खुलाइएको छैन ।
चलचित्रमा अभिनय गर्न पाउँदा खुसी लागेको कमलाले बताउनुभयो । चलचित्र युनिटले कमलाको पोस्टर लुक पनि सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टर लुकमा कमलालाई मन्द मुस्कानमा देखाइएको छ । उहाँको पृष्ठभूमिमा एक महिलाले केही काम गरिरहेको देख्न सकिन्छ ।
दलित महिलाको श्रीमान् नभएपछि समाजले ऊमाथि कस्तो दृष्टि लगाउँछ ? भन्ने कथामा बन्न लागेको यो चलचित्र मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौं र दुबईमा छायांकन हुनेछ । चलचित्र शंकर अधिकारी ‘घायल’को गीत र पटकथा, सम्वाद र राजेन्द्र बजगाईको संगीत रहनेछ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts